News Portal

कांग्रेस नेता पंगेनीको निधन, पार्टीले लोकतन्त्रको पहरेदार गुमायो

हिमाली संचार संवाददाता
१०२७ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।

भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राति सुतिरहेको अवस्थामा हृदयघातबाट उहाँको ज्यान गएको हो । स्याङ्जाको साविक खिलुङ देउराली गाविसमा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उहाँ संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो ।

२०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बन्नुभएको थियो । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशाली नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७२०७२ मा गरी तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्नु भएको हो । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उप–सभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ, नेता गगनकुमार थापा, नेता प्रदीप पौडेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । लोकतान्त्रिक बाटोबाट नागरिकको विकासमा पंगेनीले लिएको मार्ग मार्फत नागरिकको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताउनुभयो । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गर्नुभयो ।

पंगेनीको आइतबार नै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको कांग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिनुभयो । उज्यालो अनलाइन 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...