News Portal

गायक गणेश सिंह ठकुरी र तुलसी घर्ती मगरको आवाजमा “सिम्तालीको शिर भोटेचुली”

हिमाली संचार डटकम
१३०८ पटक
कमल सिंह,

काठमाडौं – मालती डिजिटल प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र केबि दर्लामी मगरको सयुक्त गीति एल्बम “सिम्तालीको शिर भोटेचुली” बोलको लोक दोहोरी गीत सांगितिक बजारमा हालै मात्र ल्याइएको छ।

विशेषगरी सुर्खेतको सिम्ता क्षेत्रको रहनसहनको बारेमा तयार पारीएको उक्त गीतको शब्द केबि दर्लामी मगरले कोरेका हुन। सो गीतमा गायिका तुलसी घर्ती मगर र गायक गणेश सिंह ठकुरीकै आवाज रहेको छ भने रामु खड्काले लय भरेका छन।

थमान कयालको निर्देशनमा साजन शर्मा र सुनिता सुनारले नृत्य तथा अभिनय गरेको गीतको भिडियो राजेश कुमालले क्यामेरा कैद गरेका हुन। भने अमर शाक्यको सम्पादनमा मान बहादुर मल्ल र सुरज चन्दको विशेष सहयोगमा तयार पारीएको सो गीतको म्युजिक भिडियोलाई मालती डिजिटलकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

गायिका तुलसी घर्ती मगरले यो भन्दा अघि पनि सिम्ता क्षेत्रकै रहनसहनमा तयार पारीएको तपिकुमार सिंह ठकुरीद्वारा लिखित कमल सिंह ठकुरी र डम्मर मल्लको “मेरो माया कता छ कुन्नी” बोलको झ्याउरे गीतमा आवाज दिएकी थिइन। गायिका मगरले हिमालीसंचारसंग कुराकानी गर्दै भनिन – मैले आवाज दिएका हरेक गीतमा दर्शक श्रोताहरुको उत्तिकै साथ सहयोग पाएको बताइन् यो गीतमा पनि उत्तिकै साथ सहयोगको अपेक्षा गरेको बताइन्।

साथै गायक गणेश सिंह ठकुरी भन्छन – मैले गायका अघिल्ला गीतहरुमा जस्तैः लोक गीत पारखि दर्शक श्रोताहरुको मन मुटुमा रहने उक्त गीत ल्याईएको बताए।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो पनि हेर्नुहोस।

आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...