News Portal

गायक गणेश सिंह ठकुरी र तुलसी घर्ती मगरको आवाजमा “सिम्तालीको शिर भोटेचुली”

हिमाली संचार डटकम
१३८३ पटक
कमल सिंह,

काठमाडौं – मालती डिजिटल प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र केबि दर्लामी मगरको सयुक्त गीति एल्बम “सिम्तालीको शिर भोटेचुली” बोलको लोक दोहोरी गीत सांगितिक बजारमा हालै मात्र ल्याइएको छ।

विशेषगरी सुर्खेतको सिम्ता क्षेत्रको रहनसहनको बारेमा तयार पारीएको उक्त गीतको शब्द केबि दर्लामी मगरले कोरेका हुन। सो गीतमा गायिका तुलसी घर्ती मगर र गायक गणेश सिंह ठकुरीकै आवाज रहेको छ भने रामु खड्काले लय भरेका छन।

थमान कयालको निर्देशनमा साजन शर्मा र सुनिता सुनारले नृत्य तथा अभिनय गरेको गीतको भिडियो राजेश कुमालले क्यामेरा कैद गरेका हुन। भने अमर शाक्यको सम्पादनमा मान बहादुर मल्ल र सुरज चन्दको विशेष सहयोगमा तयार पारीएको सो गीतको म्युजिक भिडियोलाई मालती डिजिटलकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

गायिका तुलसी घर्ती मगरले यो भन्दा अघि पनि सिम्ता क्षेत्रकै रहनसहनमा तयार पारीएको तपिकुमार सिंह ठकुरीद्वारा लिखित कमल सिंह ठकुरी र डम्मर मल्लको “मेरो माया कता छ कुन्नी” बोलको झ्याउरे गीतमा आवाज दिएकी थिइन। गायिका मगरले हिमालीसंचारसंग कुराकानी गर्दै भनिन – मैले आवाज दिएका हरेक गीतमा दर्शक श्रोताहरुको उत्तिकै साथ सहयोग पाएको बताइन् यो गीतमा पनि उत्तिकै साथ सहयोगको अपेक्षा गरेको बताइन्।

साथै गायक गणेश सिंह ठकुरी भन्छन – मैले गायका अघिल्ला गीतहरुमा जस्तैः लोक गीत पारखि दर्शक श्रोताहरुको मन मुटुमा रहने उक्त गीत ल्याईएको बताए।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो पनि हेर्नुहोस।

आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...