काठमाण्डौं। गणतन्त्रका नेताहरु जनता, राष्ट्रप्रती उत्तरदायी र जिम्मेवार नहूदा देश दिनदिनै कमजोर बन्दै गयो, यस्ता कुराहरु जनता, देशका बुद्धिजिवी, आ-आफ्ना पार्टी भित्रैका कार्यकर्ताहरुले धेरै अगाडी देखी हर प्रकारले अबगत गराउदैं नआएका होईनन्, तर तिनका कुरा सुनुवाई भएन, नेताहरुको चरम मनोमानी बढदै गयो, राष्ट्, राष्ट्रियता र जनतालाई केन्द्र बिन्दुमा नराखी, घमण्ड, दम्भ, भ्रष्टाचार, माफियाहरुबाट सन्चालित हुदै गए।
देशमा गरिबी, बेरोजगार, अन्याय, अत्याचार, अराजकबादिको बिगबिगी बढ्दै गयो, यूवाहरु बिदेसिन बाध्य भए, आमाबाबु बृद्धाश्रम पुग्दा छोराछोरी टुलुटुलु हेर्न बाध्य भए, सरकारमा जो आयपनि बृद्धाश्रमको प्रशंसा गर्दै गए, यदी तिनका छोराछोरीहरुले देश भित्र रोजगारी पाएका भए आफ्ना बाबुआमालाई आरामले आफै पाल्न नसक्ने थियनन्, तर दोश्रो जनआन्दोलनपछि आएका कुनैपनि सरकारको ध्यान गएन, यी सब विकृति गर्दा जनता, बिभिन्न पेशागत संघसंस्था आज सडकमा आन्दोलनरत छन्।
पार्टिहरुको त्रास दिनप्रतिदिन बढदो छ, सरकार चौतर्फी घेरा र बाह्य दबाबमा काम गरिरहेको देखिन्छ, आफ्नो कुनै मिसन र भिजन नभएका पार्टिहरुलाई बिदेशिले जती खेलाउनुपर्ने थियो खेलाई सके, अब यिनिहरुको आयू मात्र एसपिपी पास नगरुन्जेल हो, एसपिपी पास गरे दुबै छिमेकी राष्ट्रहरुको बिश्वास गुमाउने, नगरे अमेरिका रिसाउने, अहिले प्रत्यक उच्च ओहदामा रहेका ब्यक्तिहरुलाई बोलाउदै कुनै हालतमा पास नगर्न दवाव दिईदै गरेका कुरा बाहिर आइरहेका छन्।
यसरी पार्टी तिनका नेता, गुटउपगुटलाई गरेको लगानीबाट चरम भ्रष्ट बनाउन सफल त भए, तर आजको मानब तस्कर प्रकरणले शक्ति राष्ट्रहरु पनि ससंकित हुन पुगे, पहिला प्रमाणिकरण गरेर लगिएका ब्यक्तिहरु पनी संकास्पद र क्रिमिनल गतिविधिमा संलग्न ब्यक्तिहरु त परेका छैनन् ? शंका गर्नुपर्ने प्रशस्त ठांउ खडा गरिदिएको छ ।
यस्ता हजारौं घटनाबाट आजित भयका जनताहरु बाध्य भएर अन्तिम आस्थाको केन्द्र राजसंस्था भएको कुरा बुझेका जनता राजालाई गुहार्न पुगे, जनताको अनुरोधलाई नकार्ने अबस्थामा नभएका राजा ज्ञानेन्द्र शाह गम्भीर हुदै रास्ट्र, राष्ट्रियता र जनता खतरामा परेको टुलुटुलु हेरेर बस्ने राजसंस्थाको परमपरा नभएको, र रास्ट्रपिता पृथ्वीनारायण शाहले निर्माण गरेको सिंगो राष्ट्र नेपाल तिनका बंशज राजा ज्ञानेन्द्र शाह समेत जनताको रक्षार्थ उत्रिएका छन्, त्यसैले राजा ज्ञानेन्द्र शाहले शालिन र भद्र रुपमा पार्टी, जनताहरुलाई आफ्नो सहकार्यको सन्देश आब्हान गरेको बुझिन्छ, तर दम्भ र घमण्ड बोकेका रास्ट्र नचिनेका, आफ्नै नागरिक बेच्न समेत पछि नपर्ने अनुदारवादी भ्रष्टहरुबाट राजाका गम्भीर प्रस्ताबलाई अनदेखा गरिरहेका छन्, यसो गर्दैमा अब राजा पछी हटलान भन्ने सोचेका हुन भने त्यो उनिहरुको लागि प्रत्यूतपादक नहोला भन्न सकिन्न।
जस्तो म्यानबाट निस्केको तरवार र गुफाबाट निस्किएको सिंह सिकार नगरी फर्किदैन भन्ने कुरा बुझ्न जरुरी छ, जनताले राजा, राजसंस्थालाई साथ दिईसकेका छन् र अन्तर्राष्ट्रिय जगतको पनि नेपालमा राजसंस्थाको अपरिहार्यता र त्यसको महत्वपूर्ण ऐतिहासिक गाथालाई बुझेको देखिन्छ, कुनै जमानामा बेलायतका जनताले पनि राजसंस्था फालेका थिए, तर देश असुरक्षित हुदै गएको कारण जनताले देश छोडेर गैसकेका, रुसको एउटा दुर्गम गाउँमा गएर बसेका राजाका बंशजलाई खोजेर पुरस्थापना गरेका ईतिहांस साक्क्षी छ, त्यस्तो अबस्था हामीलाई छैन, नेपालका राजा आफ्नै देश र जनताका लागि स्वदेश छाडेर गएनन्, यस्तो दिन आउन सक्छ भन्ने ज्ञान ३ सय बर्षको राजकिय ईतिहांसले सिकारको जिम्मेवारी हो, भन्ने कुरामा राजा ज्ञानेन्द्र शाह पूर्ण बिश्वस्त रहेको बुझिन्छ, त्यसैले हरेक घटनाबाट पाठ सिकेर हामी सच्चिने की, सक्कीने निर्णय हाम्रै हातमा छ। जय नेपाल।
(थापा पूर्व सांसद हुनुहुन्छ।)