News Portal

मोरङको रंगेलीमा सरस्वती पुजाको अबसरमा मिनिल्याडले किंस जोन स्थापना गऱ्यो

हिमालीसंचार संवाददाता
१६३ पटक

रबिन्द्र बराल/मोरङ – तराई क्षेत्रमा धुमधामका साथ सरस्वती पुजा सम्पन्न भएको छ । मधेश क्षेत्रमा वसन्त ऋतुको सुरुवात  हुने मान्यता राखिन्छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट कम हुदै जाने र अब कोइलीको कुहुकुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरो सुरु हुने भएको छ।

वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन्। यी संस्कार नेपालीपनका अभिन्न अंग मानिन्छन् । मधेशमा हलो, गोरु, माटो, बोट-बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन  समेत मानिन्छ ।

 ब्रह्मा भिभर्त पुराणबाट सरस्वती माताको महिमा ‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ। जहा विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नु भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । 

बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो नितो गरी सफा कपडा लगाएर – कलश स्थापना गरेर गणेश, विष्णु, शिव आदि देवताहरूको पुजा  अर्चना गर्ने गरिन्छ । सरस्वती पुजाको दिन  साना नानीहरूका निम्ति अक्षरारम्भ विशेष दिन समेत भएको धार्मिक विश्वास रहेको छ । 

मोरङको सिमावर्ती क्षेत्र रहेका शैक्षिक संस्थाहरुमा बिधिवत रुपमा सरस्वती पुजा मनाएको छ। रंगेली, सुनवर्सी, रतुवामाई, धनपाल, लगायतका स्थानहरुमा सरस्वतीको माटोको प्रतिमा राखेर त कसैले फोटोमा सरस्वतीको बिधिवत रुपमा पुजा गर्ने प्रचलन छ ।  

मोरङको रंगेली ७ मा रहेको मिनिल्याण्ड बोर्डिङ ईङ्लिस  स्कुलले सरस्वती पुजा भव्यताका साथ मनाएको थियो। बिधालयले स-साना बालबालिकाहरुलाई रमाइलो संग बिधालय आउने वातावरण बनाउने उदेश्यले बिधालय प्रांगणमा किंस जोनमा चिप्लेटी, पिङ, लगायतका सामाग्रीहरु राखेर बालबालिकाहरुलाई रमाइलो गराएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

विद्यालयहरूमा विशेष पूजा-आजाका साथ रमाइलो चहलपहल हुनुका साथै रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रूपमा वितरण गरिएको थियो । विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको सरस्वती पुजाको दिन विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो रंगीन पोसाकमा विद्यार्थीहरूको लर्को धेरै विद्यालय परिसरमा देखिएको थियो ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...