News Portal

धादिङ निर्वाचन क्षेत्र न २ (ख) आधिकांस तामाङ जातीहरुको बहुलता रहेको भूगोलको भोट जगत सिंखडालाई

हिमालीसंचार संवाददाता
४५४ पटक

धादिङ एलिजर तामाङ  – तामाङ जातीहरुको आफनै राज्य थियो। सांस्कृतिक रूपमा संवृद्ध थियौ। तर हाम्रो पहिचानलाई पीपा, भरिया, कामदार र मतवालीको रूपमा मात्र सिमित गरियो। हाम्रो सांस्कृतिक र राजनितिक पहिचानलाई तामाङ सेलो नाच्ने समुदायको रूपमा मात्रै परिभाषित गरियो। हाम्रो इतिहास, भाषा, संस्कृति र आत्मा सम्मानलाई कुल्चीएको थियो। सेना, प्रहरी, राजनितिक दल र नियुक्तिमा हामी कही कतै थिएनौ। राज्यको निकायमा हाम्रो सहभागीता थिएन। हामिलाई ब्यवस्था बाटै बहिष्कार गरीएको थियो। अझ धेरै १९१० को मुलुकी ऐन  स्पष्ट छ।

कुनै न कुनै तहबाट यस्तै बिभेतका विरुद्ध विद्रोह गर्नु आवस्यक थियो फलस्वरूप प्रजातंत्र आए संगै यसै क्षेत्रका ( पश्चिम क्रान्ति २०१७ का नायक ) शोर्गिय दामान पाख्रिन ( युवा अवस्थामा जागीर खानाका लागी नामको पछाड़ी पाख्रिन लेख्नु परेको ) पाख्रिनले   खनियाबासमा तत्कालीन (बर्गिय, जातीय ) बिभेतका बिरुद्दा विद्रोह गरे यस्को प्रभाबले निश्चित क्षेत्रमा एउटा क्रांतिको आगो बलेको अनुभूति हूँछ तर तत्कालीन पंचयातले उहालाई देशद्रोहीको मुद्दामा कारावास बनाए तर उहाँको त्यो अभियानलाई तत्कालीन नेपाली कांग्रेसले राजनितिक मुद्दा बनाएर बहुदलीय, संवैधानिक राजतंत्र संग समझौता गरे…

बहुदलको जगमा टेकेर यस क्षेत्रबाट राजनिती गर्दै नाम चलेका तामाङ नेता परम्परागत रूपमा रहेका निर्दलीय ब्यवस्थाको पक्षपोषण गर्ने राजतंत्र सहितको हिंदु राज्यको कित्तामा उभिएर राज्यको ओहोदा सम्म पुगेको इतिहास समेत साक्षी छ यसरी ब्यक्तिगत रूपमा यहाँका तामाङ पनी गृहमंत्री समेत भयो भन्ने चाही भयो तर जातीय मुक्तिको निम्ति सिंका भाचिएन।  बहुदलबाट यस्ता समुदायलाई राजनितिक रूपमा केही राहत भए पनी संवैधानिक राजतंत्र सहितका हिंदु अतिराज्यका कारण नेपाली सामाजिक रूप भने ज्यूँका त्यूँ रहे.. दामन पाख्रिनको अभियान (जातीय र बर्गिय) मुक्तिको लडाई थियो।

यसैको निरन्तरता नेपाली समाज भित्रका यस्तै धेरै असमानता, उपेक्षित, उत्पीड़ित जनजाति, दलित, महिला र अल्पसंख्यक समुदायको अधिकार, आत्मा सम्मान र राज्यको सबै तहमा सहभागिता सुनिश्चित गर्ने महान क्रांतिको अभियानलाई सार्थक बनाउन आफ्नो परिवार, शरीर, जात परम्परालाई कुनै पर्वाह नगरी बरु जगत बहादुर सिमखड़ा लगायत योद्दाहरू हाम्रो भावना, एजेंडा र मुक्तिको कित्ताको अग्रपंती भागमा उभीएर सशस्त्र विद्रोह गरे परिणाम स्वरूप पुरानो परम्परागतको (राजतंत्र सहितको हिंदू अतिराज्य नेपाल) लाई ( संघिय लोकतांत्रिक गणतंत्र नेपाल ) बनाऊन सफल भए

जस्को अर्थ बहुल जाती भाषा धर्म संस्कृतिको हैसियतमा समानता हूनु हो । .. त्यसैले जस्ले यो जनताको ब्यवस्था ल्याउनका निम्ति रगत पसीना बगायो त्यसैलाई तक्मा, स्याबस, सम्मान स्वरूप मेरो परिवार, हाम्रो टीम र हाम्रो सचेत समुदायको भोट (जगत बहादुर तामाङ) सम्झी माननिय जगत सिमखड़ालाई   मलाई पूर्ण बिस्वास छ ।यो जगत सिंखडा केही गर्न सक्ने माँछे हो ब्यक्तिगत रूपमा भन्ने हो भने कुनै आग्रह पूर्व आग्रह नराखने, गर्नु पर्ने कामलाई ईमानका साथ गर्ने आठ, फुर्ती, जोशिला, जुझार, निडर भएको ब्यक्ति, र कत्तीलाई लाग्ला बिगतमा माननीय हुदा के गरे? यो क्षेत्रमा बजेटको हिसाबले इतिहास बनाएको ब्यक्ति हो।

त्यसैले यसपालि जितिरहदा मंत्री हुने पक्का र अझ यो क्षेत्रको विकासमाका लागी धेरै गर्नु पर्ने भएकोले पनी हाम्रो भोट गर्न सक्ने माँछे जगत बहादुर  सिंखडाकाे  जीत शुनिक्षित छ। तामाङ, जनजाती अर्थात् मूलबासीको खोल ओडेर यही समुदायलाई हिजो दबाएर राखेको शक्ति सामन्त शोषक राजतंत्र सहित हिंदु राज्यको चौकीदार बनेका ( तामाङ) उम्मेदवार भंदा तमाम मुक्तिका निम्ति लड़दिने योद्दा (सिमखड़ा) भाेट हाल्नुपर्ने छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...