News Portal

ओलीलाई घुँडा टेकाउने तीन पूर्व प्राधानमन्त्रीको उद्धोष

हिमालीसंचार संवाददाता
३९८ पटक

विराटनगर – नेकपा दाहाल-नेपाल समूहका नेता तीन पुर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन् । ओलीको शासन अव धेरै नटिक्ने उनीहरूको दाबी छ ।

नेकपा प्रदेश १ को आयोजनामा शुक्रवार विराटनगरमा आयोजित विरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री ओली प्रतिक्रियावादीको एजेन्ट भएको दाबी गरे । राजा फाल्ने जनताले श्री ३ ओलीलाई पनि फाल्ने उनको विश्वास छ । ओलीको सेटिङलाई जनताले भत्काई छाड्ने अध्यक्ष दाहालले बताए । जरुर भए संसद् बैठक सुरु गरिने उनको भनाई छ । सर्वोच्च अदालतप्रति पूर्ण विश्वास रहेकाले अहिले नै त्यो काम नगरिएको दाहालले बताए । उनले भने,‘ सर्वोच्चले गर्ने फैसलाको विश्वास भएकाले धैर्य गरेका छौँ ।’

अहिले नै संसद् बैठक बस्न जरुरी नठानिएको अध्यक्ष दाहालले बताए । जनताले ५ वर्षका लागि मत दिएर पठाएकाले प्रधानमन्त्रीले भङ्ग गर्दैमा संसद् विघटन नहुने उनले बताए । उनले भने,‘ संसद् सुरु गरेर ओलीलाई कारबाही गरिन्छ ।’ संसद् हैन ओली भङ्ग भएको दाहालको भनाई छ । ओली प्रतिक्रियावादीको गोटी बनेर सामान्तबाद सामु लम्पसार परेको अध्यक्ष दाहालको आरोप छ ।

दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताको त्यागमाथि प्रधानमन्त्री ओलीले घात गरेको बताए । ओलीबाट संविधानको घाँटी रेट्ने काम गरेको नेपालले बताए । ओलीको ओरालो यात्रा सुरु भएका उनले बताए । उनले भने,‘ संविधान, गणतन्त्र, सङ्घीयता सिध्याउन खोज्न ओलीलाई घडा टेकाएरै छाड्छौँ ।’

पार्टी भन्दा माथि आँफुलाई ठान्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने अध्यक्ष नेपालको भनाई छ । ओलीको पार्टी नेकपा हुनै नसक्ने उनले दाबी गरे । नेता नेपालले भने,‘ ओलीको पार्टी भनेको तमासा पार्टी हो ।’ डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडेका ओलीको अहिले अनुहार खुइलिँदै गएको नेता नेपालले बताए । प्रधानमन्त्री ओलीले चुनाव नगराउने उनले बताए ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली भष्मासुर, प्रतिगामी भएको संज्ञा दिए । उनले ओली ठग भएको आरोप लगाए । खनालले भने,‘ झापा सङ्घर्षका नेता मानिन्थे, तर ठग रहेछन् ।’ ओलीका दिन अव धेरै नभएको उनले बताए । जनताको आशा र अपेक्षामाथि कुठाराघात गर्ने ओलीलाई अव ठिक लगाइने खनालले बताए । उनले ओलीलाई सडकमा आएर हेर्न आग्रह पनि गरे । खनालले भने,‘ टिभीबाट भुक्न छाडेर, सडकमा आएर हेर्नुस् ।’

प्रदेश १ इन्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य योगेश भट्टराई लगायतका नेताहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध सबै एक जुट हुन नेताहरूको आग्रह छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...