News Portal

आज विजयादशमी, टीका-जमरा ग्रहण गरी मान्यजनबाट आशिर्वाद थापिँदै

हिमालीसंचार संवाददाता
५३० पटक

वैदिक सनातनी नेपालीहरूको महान चाडवाड दसैँको आज दसौँ दिन आज विजयादशमी।आजको दिन अपराजिता भगवती पुजा गरिन्छ । आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

अन्तराष्ट्रिय पंचाङ्ग निर्णायक समितिका अनुसार आज टिकाको साइत बिहान १० बजेर १९ मिनेटमा रहेको एक विज्ञप्ति मार्फत जनाएको छ । तर विजयादशमीको हरेक क्षण शुभरहेकाले आज टीका लगाउनका लागि जुनसुकै समयपनि सामान्य उत्कृष्ट रहेको छ।

आज मान्यजन एवम् कुलवृद्धवृद्धा बाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक महाकाली महालक्ष्मी महासरस्वतीको पुजा गरि राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुप मानी लगाउने गरिन्छ । जमरा विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने भएकाले यसको तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

आज टिका ग्रहण गर्नु पुर्व सर्व प्रथम घरको मुल ढोकामा नौवटा गोबरका वेदि बनाई त्याहाँ रातो अक्षता,सुपारि सिक्का पैसा एवम् जमरा टाँस्ने चलन रहेको छ । यसो गर्दा नवदुर्गा भवानीको आशिर्वादले घरमा रोगव्याधी, दुःख कष्ट कलह घरमा नपस्ने र घरमा सुख शान्ति समृद्धी छाउने विश्वास गरिन्छ ।

आज टिका ग्रहण गर्दा क्रमैसँग घरको जेठो अथवा सबैभन्दा माननीय व्यक्तिका हात बाट टिका थाप्न सुरू गरिन्छ। टिका ग्रहण गर्दा विभिन्न संस्कृतिका श्लोक एवम् नैतिक आदर्शका वाक्यहरू बाट आशिष दिने गरिन्छ। पुरूष एवम् महिलाहरूका लागि आशिष दिने छुट्टा छुट्टै मंत्ररहेको छ।

पुरुषहरुका लागि आशिष दिने मंत्र ।
आयु द्रोण सुते, श्रीयं दशरथेशत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने, मानं च दुर्योधने।।
दानम् सूर्यसुते , वलं हलधरे सत्यंच कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे।।

यस श्लोक बाट पौराणिक कालका महापुरुष जस्तै हुनु भनेर आशिष दिइएको छ। यसको अर्थ हुन्छ “ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण गर्ने क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस्।

महिलाहरूका लागि आशिष दिने मंत्र ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ । मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्ती, जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर हुनुहुन्छ, मानव खप्परको माला लगाउनभएकी कपालिनी, दुर्गतीको नाश गर्ने दुर्गा अनि एकाकार र सर्वशक्तिमान शिवा, क्षमा की देवी क्षमा , सबै जीवकी दावी धातृ , हरेक यज्ञ र दानपुण्यकी देवी स्वाहा, मानवका हरेक यज्ञ दानपुण्य कि संकल्प देवी स्वधालाई अन्तर हृदयबाट स्मरण गरि यिनै देवि जस्तै हुनु भनि आशिष दिइन्छ।

दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ र हाम्रो समाजमा रातो अथवा सेतो टिका लगाउने चलन रहेको छ। रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ । टिका ग्रहण गर्दा आशिष सहित दक्षिणा पनि दिने चलन रहेको छ। दसैं र दक्षिणा एक अर्काको पर्याय जस्तै भएको छ। दक्षिणाको अर्थ कर्मलाई समृद्ध बनाउनु भन्ने हुन्छ । दक्षिणा दिनै पर्छ भने अनिवार्यता छैन ।

समृद्धहरूले दक्षिणा दिन हुन्छ भने दिदा फरक पर्दैन तथा नभएकाले जमरा एवम् पत्र पुष्प मात्र दिएपनि हुन्छ।
मानिसले कुरा नबुझेर एवम् देखासिकी गरेर मात्र हाम्रा चाडबाड खर्चालु भएका हुन् । हाम्रा धर्मशास्त्रहरूमा दक्षिणा दिनै पर्छ भनेर कहिँ पनि उल्लेख गरिएको छैन।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाभवानीको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने चलन रहेको छ तर यस वर्ष भने महामायीको भयका कारण आआफ्नो घरमै बसी मान्यजनका हातबाट टिका जमरा आशिष ग्रहण गरिदैछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...