News Portal

मोरङको रंगेली मालपोत कार्यलयका कर्मचारीले अतिरिक्त रुपमा लिएको रकम सहकारीमा आफु खुशी बचत गर्दे

हिमालीसंचार संवाददाता
६०८ पटक

रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-७ स्थित रहेकाे भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले दैनिकी ब्यक्तिगत रुपमा रकम जम्म गर्ने गरेको खुलासा भएकाे छ ।  

सुचना समृद्धि बचत तथा ऋिण सहकारी संस्थाका एक कर्मचारीले दैनिकी दिउँसो ३ बजे देखि ३:३० बजे सम्मकाे समयमा कार्यलयमा प्रवेश गरेर काेठा-काेठामा पुगर उनले पैसा उठाउने गरेको खुलासा भएको हाे। मालपोतका कार्यलय प्रमुख बाहेक ८ जना कर्मचारीहरुले उक्त सहकारीमा दैनिकी ३ सय रुपैयाँ देखि माथि सम्म रकम बचत गर्ने गरेको खुलाशा भएको छ । 

स्थानीय सहकारी संस्थामा बचत गरेको कुरा नाम नखाेल्ने सर्तमा कल रेकर्डिङ सुरक्षित समेत रहेको छ। उक्त रेकर्डिङमा भनिएकाे छ; “मालपोत कार्यलयमा रजिस्ट्रार फाँटमा जग्गा पास गरेको राजस्व बाहेक ५ सय देखि १ हजार रुपैयाँ सम्म,  कम्पुटर फाँटमा कुनै पैसा नलाग्ने भएता पनि  प्रत्येक लिखत बापत ५ सय रुपैयाँ,  पुर्जा बनाउने ठाउँमा एक रुपैयाँ पनि नलाग्ने ठाउँमा  २ सय रुपैयाँ, कम्पुटर फाँटमा एन्ट्रि गरे बापत कुनै रकम नलागेता पनि ५ सय रुपैयाँ, हाल साबिक गरेको २ सय रुपैयाँ राजस्व भएता पनि ५ सय रुपैयाँ अतिरिक्त रुपमा लिने गरेको समेत उक्त रेकर्डिङमा प्रस्ट भनिएको छ ।  

सहकारीका कर्मचारी मालपोत कार्यलयमा रकम संकलन गर्न  कार्यालय काेठा-काेठामा पुगे पछि हिमाली संचारले कार्यालयका सबै कक्षहरुमा संग संगै  गएपछि उक्त दिन कसैले रकम जम्मा गरेनन्। मालपोतका एक कर्मचारीलाई प्रश्न साेधिएकोमा किन आज रकम जम्मा नगरेको सर? उनले भने हैन नगरेको। हिजो अस्तित जम्मा गर्ने गर्नु भएको थियोे त? उनको जवाफ तलवबाट गरेको । के सरकारले प्रत्येक दिन तलव पठाउन थालेको छ सर ? उनले केही जबाफ दिएनन् । 

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति रंगेलीका ब्यक्तिहरुबाट कर्मचारीहरुले खुले आम घुस लिएर दैनिक बचत खातामा रकम जम्मा गर्ने गरेका छन । मोरंङको रंगेलीमा मालपोत कार्यलय र नाप कार्यलय २०७१ साल स्थापना भएको थियोे ।  

अहिले मालपोत कार्यलयका ६ जना कर्मचारीलाई हालसम्म पनि सरुवा गर्ने नसकेको कारणले गर्दा उनीहरुकाे हालिमुहाली समेत भएको पाईएकाे छ ।  सबै लेखापढिका व्यक्तिहरुलाई दुख दिने गरेको र पैसा दिए, तुरुन्तै काम गर्ने र पैसा नदिए नेट बिग्रेको बाहाना समेत बनाउने गरेकाे लेखापढि संघका सदस्यले बताए । 

संघका सदस्यले भने; “अहिले आफू खुलेर बाेल्ने हाे भने भाेली देखि आफुले लगेको काम समेत नगर्ने गरेको हुनाले उनी मिडियामा आउन चाहेनन् । कर्मचारीहरुलाई तुरुन्तै पैसा दिएमा बिग्रिएकाे नेट समेत संचालन हुने र काम समेत गरिदिने उनले बताए ।  

कर्मचारीहरुले थप रकम माग गरेपछि लेखनदासहरुले समेत सेवा ग्राहीहरुसंग थप रकम लिएर काम गरिदिने गरेको समेत स्वीकार गरेका छन। मालपोत कार्यलयमा दैनिक जग्गा पास ४० वटा हुने र जग्गाको हाल साविक ८ देखि १० वटा समेत हुने गरेको  छ ।

कर्मचारीहरुले रंगेलीमा रहेका अन्य सहकारीमा समेत बचत गर्ने गरेको पाईएकाे छ। यसरी सेवा ग्राहीहरुसंग अतिरिक्त रुपमा रकम लिदा समेत अख्तियार आयाेगकाे बेवास्ताका कारण अति बिपन्न सेवा ग्राहीहरु थप समस्यमा परेका छन ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...