News Portal

  • बच्चा भेटिएको नाटक गरेकी पुष्पा अधिकारी प्रहरी नियन्त्रणमा, भाग्य न्यौपानेले समेत सहयोग फिर्ता लगे

    हिमाली संचार संवाददाता
    ८७३ पटक
    २०७७ साउन २० मंगलवार

    काठमाण्डौ । काठमाण्डौ कपनस्थित चौरमा काटुन भित्र भेटिएकी शिशुकी आमा पत्ता लागेको छ । प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमा दुई जना सहयोगी महिलाका साथ आएर छोरी लगेर गएकी छिन् । वैदेशिक रोजगारीमा गएकी ती महिलाले काठमाडौं आउनेवित्तिकै शिशुलाई जन्मदिएकी थिइन् । काठमाडौंकै एउटा आश्रयस्थलमा बसेकी ती महिलाकै मिलोमतोमा केयर बालगृहकी पुष्पा अधिकारीसँग मिलेर शिशुलाई फालेको नाटक गरी पैसा संकलनको योजना बनाएको रहस्य समेत खुलेपछि युटुबर भाग्य न्यौपानेले आफुले सहयोग गरेको १० हजार रुपैया फिर्ता मागेर लगे संगै अन्य सहयोगीहरुले समेत सहयोग फिर्ता लिइरहेका छन् ।

    कपनमा एउटा कार्टुनमा ती शिशुलाई राखेर यही साउन १२ गते सोमबारका दिनका फालिएको अवस्थामा भेटिएको भनेर समाचार आएको थियो । कपनको चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएको कुरा सार्वजनिक भएको थियो । उनीहरूको योजनामा शिशुलाई देखाएपछि राम्रै सहयोग जुटेको पुष्पा अधिकारीले स्वीकार गरेकी छिन् । 

    वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी एक महिलाले जन्माएको खुलेको छ । ती महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमा आश्रय लिई बसेको समयमा शिशु जन्मेपछि सहयोगीमार्फत् उनको केयर बालगृहकी संस्थापक अधिकारीसँग भेट भएको थियो ।आमा र अधिकारीको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी शिशुलाई कार्टुनमा राखेको खुलासा भएको हो । यो खुलासा भए संगै सामाजिक संजालमा विभिन्न धारणाहरु आएका थिए। ती मध्ये मुकुद धिमिरेले समेत एक स्टाटस राखेका थिए । अहिले उनको स्टाटस भाइरल भइरहेको छ ।

    घटना उजागर भएलगत्तै केयर बालगृहकी संस्थापक अधिकारी, शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको बौद्ध प्रहरीका डीएसपी नवीन कार्कीले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । डीएसपी कार्कीले घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् ।

    कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर, पुष्पा अधिकारीले त्यसो नगरी सञ्चारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । प्रहरीले निगरानी थालेपछि शिशुकी आमा दुई जना महिला सहयोगीसहित आएर शिशुलाई लिएर गएकी सिसिटिभी फुटेजमा देखिएको छ । अधिकारीले चार वर्षअघि खोलेका संस्थामा हाल बालबालिकाहरु पनि रहेको छन् । 

    भिडियो हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २६ गतेको राशिफल

    आज असार २६, २०८२ (जुलाई १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...