News Portal

धरानको फुस्रे स्थित वीपी स्मृति पार्कमा स्व. वीपी कोइरालाको सालिक निर्माण

हिमाली संचार संवाददाता
४८१ पटक
२०७७ आषाढ २५, विहिबार

धरान । धरान उपमहानगरपालिका धरानको आन्तरिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गइरहेका धरानको फुस्रे वडा नं. २० स्थित वीपी स्मृति पार्कमा स्व. नेता वीपी कोइरालाको पुर्णकदको सालिक राखिएसंग वीपी स्मृति पार्कको नाम अनुसारको पार्कले पहिचान सहितको पुर्णता पाएको छ।

धरानको वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा स्व. वीपी कोइरालाको पुर्णकदको सालिक राखिएको हो । स्व. नेताको सालिक परिवर्तनशिल समाज नेपालको विशेष सक्रियतामा निर्माण भएको हो । पुर्वाञ्चलका चर्चित कलाकार द्वय महेन्द्र राई र धिरज राईले निर्माण गरेको सालिक फुस्रे स्थित वीपी स्मृति पार्क क्षेत्रमा राखिएको प्रतिमाको अनावरणले पुर्णता पाउन भने बाकी रहेको छ ।

यो प्रतिमा ‘फाइवरले बनाएको हो, यसको लागि करिब तीन साताको समय लगाएर निर्माण सम्पन्न गरेका हुन, ’कलाकार महेन्द्र राईका अनुसार,‘औपचारिकरुपमा अनावरण गर्न बाँकी रहेको प्रतिमाको ६ फिट ६ इन्च उचाईको रहेको छ ।’ नगरका परिवर्तनशिल समाजका अध्यक्ष विश्वराज भण्डारीका अनुसार आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा यो सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

स्व. नेता वीपी कोइरालाको जन्म वि.स.१९७१ भदौ २४ गते र निधन २०४९ साउन ६ गते भएको थियो । भदौ २४ गते नेता कोइरालाको जन्मजयन्ती र साउन ६ गते स्मृति दिवस मुलुकभर मनाइन्छ । धरानको फुस्रे स्थित वीपी स्मृति पार्क निर्माण भइरहेको क्षेत्र वीपी स्मृति पार्क मात्र होइन, ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजल लगायदले चर्चित स्थान हो । 

धरानको फुस्रे स्थित वीपी स्मृति पार्क, नगरका परिवर्तनशिल समाजका अध्यक्ष भण्डारीका अनुसार तत्कालिन जहानियाँ राणाकाल विस २००६ सालमा विराटनगरको रघुपति जुटमिलमा मजदुर आन्दोलन हुँदा स्व. नेता कोइराला पक्राउ परेका थिए । उनलाई काठमाडौं जेलका लागि लैजादा धरानको फुस्रे हुँदै पैदल हिडाएर लगिएको थियो । ‘यो बाटोबाट स्व. वीपी कोइरालालाई पैदल हिडाएर धनकुटा, भोजपुर, दिक्तेल हुदै काठमाण्डौं लगेर जेलमा राखिएको थियो ।

त्यसैले, यो बाटो ऐतिहासिक पनि हो, ‘उहाँलाई एक रात फुस्रेको गोदाम घरमा पनि राखिएको थियो । त्यो ठाउँमा अहिले आधुनिक घर बनिसकेको छ ।’ अध्यक्ष भण्डारीका अनुसार ऐतिहासिक ठाउँलाई पर्यटन क्षेत्रको हब बनाउने उद्देश्यले धरानको फुस्रे स्थित वीपी स्मृति पार्क निर्माण भइरहेको समेत जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...