News Portal

  • पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरे यस्तो हर्कत !

    हिमाली संचार संवाददाता
    १९४६ पटक
    २०७७ जेठ २८, बुधबार

    सिम्ता – पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले मंगलबार उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष हर्षबिक्रम खड्कासहित कांग्रेस नेता बिरेन्द्र रावत, बिद्यार्थी नेता मोहन राना, कांग्रेस गाउँकार्यसमिति सिम्ताको महिला सचिब स्वस्तिका बुढाथोकीलगायत अन्य व्यवसायीहरु लालबहादुर सिंह ठकुरी, मनोहर उपाध्याय र रितु रानाको टोलिमाथि हातपात गरेका थिए।

    पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरिबलाई राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेको समाचार प्रकाशित भएदेखि सो समाचार सेयर गरेका केहि व्यक्तिहरुलाई साईबर क्राईम मुद्दा हालेर थुनिदिने भन्दै राजनीतिक शक्तिको आडमा धम्क्याएको बुझिएको छ।

    कम्युनिस्ट वडाध्यक्ष सिंहले राजनीतिक शक्तिको आडमा खुलेयाम दादागिरी शैलीमा समाचार सेयर गर्ने बिदेशमा रहेका व्यक्तिहरुलाई समेत धम्की दिएको बुझिएको छ। ति व्यक्तिहरुले भने वडाध्यक्षले समाचार किन सेयर गरेको भन्दै आफुलाई म्यासेज गरेको बताएका छन्।

    त्यस्तै उनले स्वस्तिका बुढाथोकीलगायत अर्का एक पुर्व माओवादीका कार्यकर्ता बिरेन्द्र बस्याललाई समेत समाचार सेयर गरेको भन्दै हटाऊन दबाब दिएको बताईएको छ। बुढाथोकीको घरमा वडाध्यक्षले बुधबार बिहानै प्रहरी पठाएको र उनि घर बाहिर भएकोले प्रहरी फर्किएको उनले जानकारी दिईंन।

    साथै सो घटनाको भिडियो खिच्ने क्रममा मोबाइल समेत वडाध्यक्ष सिंहले कब्जामा लिएका थिए। राहत वितरण गर्न आएको सो टोलीले सिम्ता गाउँपालिकाको ९ वटै वडामा राहत वितरण गर्ने तयारीमा राकमबाट सुरु गर्न लागेको थियो।

    वडाध्यक्ष सिंह नसच्चिए नेपाल तरुणदल सुर्खेतले कडा कदम चाल्ने अध्यक्ष हरी बिष्टले बताए। उनले भने, निर्वाचित वडाध्यक्षले गरिबलाई राहत बाडिरहेका ब्यक्तिहरुलाई असभ्य शैलीमा गालीगलोज गर्नु, लछारपछार गर्न तम्सिनु आफैमा लज्जास्पद बिषय भएको बताएका छन्।

    वडाध्यक्ष सिंहले दादागिरी शैलीमा राहत वितरण गर्न आफ्नो वडामा आएका उनिहरुलाई हातपात गर्नुका साथै असभ्य शैलीमा गालीगलोज गर्दै दुर्ववहार गरेका थिए। सिम्ता गाउँपालिकामा पुर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्षमा छन्।

    यो पनि पढनुहोस।

    कम्युनिस्ट वडाध्यक्षले उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीलाई गरे दुर्ववहार

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...