News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गरौ आज २०७६ साल पौष १८ गते शुक्रबारको राशीफल

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    ५७१ पटक

    सन् २०२० जनवरी ३ तारीख | नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। परिस्थितिवश काममा बाधा पुग्नेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। शुभचिन्तकहरू टाढिनेछान् भने काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिनेछन् र घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने लेनदेनमा विवाद हुन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढ्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सामाजिक उत्तरदायित्व वहन गर्दै दिगो फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफन्तबीच आत्मीयतामा कमी आउला। पारिवारिक योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...

    रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

    काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर...

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...