News Portal

क्यान्सर पीडित थापालाई सागर र संजयले गरे आर्थिक सहयोग

हिमाली संचार संवाददाता
११०७ पटक

कर्ण अधिकारी/काठमाण्डौ : केहि महिना देखि आन्द्रामा क्यानसर भई भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहनु भएका आबु खैरेनी गाउँपालिका सत्र सय फाँट तनहुँका सुमन थापाको उपचारको क्रममा ७ लाख भन्दा बढी रकम सकि सकेको र अझै उपचार चलि रहेको साथै थापाको पारीवारीक अबस्था नाजुक भएको हुँदा थापाको परीवारले स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई सुमनको जीवन बचाई दिन आग्रह गरे।

संगै स्थायी घर आबु खैरेनी गाँउ पालिका वडा नं १ सत्र सय फाँट घर भई बिगत लामो समय देखि मकाउमा व्यापार ब्यबशाय गर्दै आएका समाजसेवी ब्यक्तित्व सागर अधिकारीले नेरू २८९९० रूपैयाँ सहयोग गरेका छन्।त्यसै गरी मकाउमै कार्यरत रहेका सागर अधिकारीको भाई संजय अधिकारीले पनि नेरू ५ हजार सहयोग गरेका छन्।उक्त रकम सागर अधिकारीका भाई प्रदिप अधिकारीले क्यान्सर पीडित थापाका आमालाई हस्तान्तरण गरेका हुन्।

बिगत देखिनै सामाजिक सेवामा समर्पित अधिकारीले यस्ता सहयोग धेरै गरी सकेका छन्। केहि समय पहिला ब्लड क्यान्सर पीडित आबु खैरेनी ६ तनहुँ मिलनचोककी याम कुमारी गुरूङलाई ३५ हजार नेपाली रूपैया सहयोग गरेका छन। मध्यम बर्गीय परीवारमा जन्मिएकी गुरूङ्को जीवन बचाउ अभियानमा उक्त रकम उहाँकै सुपुत्री सलिना अधिकारीको हातबाट मिति २०७५ साल जेठ ९ गतेका दिन क्यान्सर पीडित गुरूङलाई हस्तान्तरण गरीएको थियो सामाजिक कार्यहरू गर्ने क्रममा मकाउमा ह्रदयघातका कारण मृत्यु भएका रवि प्रकाश महत्तोको परीवारलाई सहयोग स्वरूप अधिकारी आफैले मकाउ लभ लिजर फिट्नेश क्लव र एम हेयर स्टुडियोको तर्फबाट ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।

त्यसै गरी सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत रहेका मृगौला पीडित राजु बस्नेतलाई पनि ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।

सहयोगकै क्रममा मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई मकाउ लभ लिजर फिट्नेश क्लब र क्लवका सदस्यहरूको तर्फबाट ६४ हजार ५ सय नेपाली रूपैया आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरेका थिए। सागर अधिकारी मकाउमा फिटनेश क्लव,हेयर स्टुडियो साथै नेवारी खानाका परीकार पाईने नेपाली रेष्टुरेन्ट संचालन गर्दै आई रहेका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...