News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तेजेन्द्रकी आमाको मन्त्री विष्टलाई प्रश्न : कि छोरो दिनुस्, नत्र कसरी मर्‍यो भनिदिनुस् ?

    हिमाली संचार संवाददाता
    ५४० पटक

    काठमाण्डौ, १९ चैत : ‘कमाउन गएको मेरो छोराको लाश पनि देख्न पाइनँ, कि छोरो दिनुस् म त्यहीसँगै मर्छु, नत्र कसरी मर्‍यो भनिदिनुस,’ बाग्लुङकी सुर्विता भण्डारीले झोलाबाट छोराको फोटो निकालेर देखाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टलाई प्रश्न गर्नुभयो ।

    झोलामा बोकेर ल्याएको छोराको फोटोमा लागेको धुलो टिस्यू पेपरले विस्तारै पुछ्नुभयो सुविर्ताले । फोटोमा पनि छोरालाई धुलोले नछोपोस् । धुलोले छोराको फोटो पूरानो नबनोस्  भनेर होला सायद ।
    छोराको फोटोलाई सुमसुम्याउँदै सुर्विताले मन्त्री विष्टलाई प्रश्न गरिरहँदा बगिरहेका थिए आँसु । अनि भरिएका थिए सबै सहभागीका आँखा ।

    सुर्विताले घामजुन झैं मेरो छोरो साउदीमै अस्तायो, काजकिरिया पनि अर्कैले गर्‍यो भनेर छोराको फोटो देखाउँदा शब्दसँगै आशु खसिरहेका थिए । सुविर्ताका आँसुसँगै निशब्द थिए सबैजना ।

    यो दृश्य मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उज्यालो मल्टिमिडियाले उत्पादन गरेको डकुमेन्ट्रि ‘मरिसकेको मान्छे’ देखाउँदाको हो । जहाँ ‘मरिसकेको मान्छे’ हेर्न श्रम मन्त्री गोकर्ण विष्ट, श्रम मन्त्रालयका सचिव महेश दहालसहित मन्त्रालयका पदाधिकारीसँगै अरु थुप्रैको उपस्थिती थियो ।

    आफ्नै छोराको मृत्यु र आफ्नो पीडा सुनाउन बाग्लुङबाट सिंहदरबार आइपुगेकी सुर्विता बोलिरहनुभयो । कमाएर सुखले पालाैला आमा भन्दै परदेशिएको छोराको लाश पनि अर्कैले जलाएको खबर सुनेदेखि मनमा पलाएका अनगिन्ती प्रश्नहरु नरोकिइकन सोध्न थाल्नुभयो सुर्विता ।

    मेरो छोरा कस्ले मार्‍यो ?
    मैले लाश पनि देख्न पाइनँ ?
    मेरो छोराको लाश किन नहेरी जलाइयो ?
    ‘मेरो सहारा भनेकै त्यही छोरा मात्र त थियो, लास ल्याइदेऊ म पनि सँगै यहीँ मर्छु ।’

    कि मलाई बाच्ने आधार देऊ.. ? यस्तै अनगिन्ती प्रश्न जुन सुर्विताको मनमा गडेर बसेको छ । आँसु देख्दा लाग्थ्यो, उहाँसँग यस्ता अनुत्तरित प्रश्नको सागर छ ।
    सुर्विताकै छेउमा वृत्तचित्र हेर्न सँगै बसेका थिए मोरङका सुवास तामाङ र उहाँकी श्रीमती सन्तोषी । सुर्वितालाई एक्लो छोरो गुमाउँदाको पीडा थियो भने सन्तोषीलाई कागजमा मरिसकेका श्रीमानलाई कसरी जिउँदो बनाउने अनि अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले छोपेको थियो ।

    सुर्विताका छोरा तेजेन्द्रसँगै साउदीमा दुर्घट्नामा परेका थिए मोरङको लक्ष्मीमार्गका सुवास । सुवास साउदीको हुण्डाई कम्पनीका काम गर्थे भने तेजेन्द्र ट्याक्सी चलाउँथें । महिनाभरीको कमाई घर पठाउन बैंक जाँदा यी दुईको भेट भयो । घरमा पैसा पठाउन बैंक गएर फर्किंदा तेजेन्द्रले चलाएको ट्याक्सीमा सुवास सहित हुण्डाई कम्पनीमा काम गर्ने अरु तीनजना नेपाली पनि थिए । तर उनीहरु कोही पनि कोठामा पुग्न पाएनन् ।

    तेजेन्द्रले चलाएको ट्याक्सी २०७२ असार २४ गते बाटैमा दुर्घटनामा पर्‍यो । त्यो दुर्घटनामा तेजेन्द्रसहित पाँच जना नेपाली परे । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो ।

    त्यो दुर्घटनाको २७ दिनपछि सुवासको शव काठमाण्डौं आइपुग्यो । परम्परा अनुसार सुवासकी श्रीमतीले श्रीमान सुवासको घेवा गर्नुभयो । सुवासको परिवार शोकमा डुबेको बेला बाग्लुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेको छोराको होस खुलोस् भनेर भगवान पुकार्दै हुनुहुन्थ्यो । तर, उल्टो पाल्टो र हुने हुनामी पहिले नै भैसकेको थियो ।

    साउदीमा उपचार गराइरहेका घाइ्तेको अनुहारको पट्टी तीन महिनापछि खोलियो । तर, पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा लास ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । मर्‍यो भनेर किरिया गरिएको मानिस जिवित भेटियो, उपचारपछि छोरा सञ्चो भएको खबर सुन्न भगवानसित प्रार्थना गरेर बसेकी तेजेन्द्रकी आमा सुविर्ताले छोरालाई अरु कसैले दागबत्ती दिएको खबर सुन्नपर्‍यो ।

    छोरोको स्वर सुन्न आतुर आमाले छोरो मरेको, लाश नेपाल आएको र आफ्नो संस्कार बिपरित सद्गत भैसकेको थाहा पाएपछि भोगेको पुत्र शोकको पीडामा पुर्नभएको छ सुर्विता । अनि आफैले काज किरिया गरिसकेको लोग्ने घर फर्किएपछि सुवासी श्रीमती सन्तोषी हर्षित त हुनुहुन्छ, तर शारीरिक र मानसिक रुपमा विक्षिप्त भएर फर्किएका श्रीमानलाई कसरी सम्हाल्ने ? अनि घरबार कसरी चलाउने सन्तोषीलाई पनि उस्तै पीडा छ ।

    उनीहरुकै पीडा समेटेर उज्यालो मल्टिमिडियाले वृत्तचित्र ‘मरिसकेको मान्छे’ तयार पारेपछि मन्त्री विष्टले दुवै परिवारलाई सँगै राखेर वृत्तचित्र हेर्ने समय निकाल्नुभएको थियो । उनीहरुको विषयमा यसअघि पनि उज्यालो अनलाइन र उज्यालो रेडियोको कार्यक्रम देश परदेशमा समेटिएको थियो ।

    वृत्तचित्र हेरेपछि मन्त्री विष्टलाई पनि तत्कालै यसै गर्छु भन्न गाह्रो पर्‍यो । तर उहाँले दुवै ठाउँको स्थानीय तहदेखि मन्त्रीपरिषदसम्म प्रस्ताव लगेर भए पनि दुवै परिवारलाई राहत र क्षतिपूर्ति दिलाउने आश्वासन दिनुभएको छ ।

    त्यती मात्रै हैन कागजी रुपमा मरिसकेका सुवास तामाङलाई जिउँदो बनाउन पहल गर्ने पनि बताउनुभएको छ । यही आश्वासन पूरा हुने आशाको पोको बोकेर घर फर्किंदै छन् तेजेन्द्र र सुवासको परिवार । उज्यालोबाट

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...