
२०८२ भदौ २ गते सोमबार।
यो साता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अमेरिकाको अलास्कामा भएको भेटघाटले विश्व जगतको ध्यान खिच्न सफल भयो। दुई ठूला सामरिक देशका राष्ट्रपतिको भेटबार्ताले अबस्य पनि विश्वलाई केही महत्वपूर्ण सन्देश दिने छ भन्ने बिभिन्न प्रकारका टिका टिप्पणी र चर्चा भएका थिए। नेपालमा पनि उक्त बार्ताले निकै चर्चा पाएको थियो। बुद्धिजीवी, राजनैतिक बिश्लेषकहरुको आ-आफ्नै ढंगका बिश्लेषण थिए। यूक्रेन यूद्धबिराम र मध्ये पूर्वमा भैरहेका यूद्व पनि रोकिने सम्भावनालाई पनि अनुमान गरिएको थियो। करिब ३ घण्टा भएको बार्तामा के-के कुरा भयो भन्ने कुराहरु खासै बाहिर आएको सुनिएको छैन। तर पुटिन सफल भएको देखिन्छ।
“रुस आफैमा एक शक्तिशाली राष्ट्र अमेरिकासंग त्यसै झुक्दैन। ट्म्को आग्रहलाई स्वीकारेको मात्र देखिन्छ। अहिले जेलेन्स्की आफै अमेरिका दौडिसकेका छन्। “ब्रिक्स” आफै शक्तिशाली हुदै आएको अबस्थामा नेटो राष्ट्रसंग रुस कुनैपनि हालतमा सम्झौता गर्ने पक्षमा देखिदैन।”
यूक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको अमेरिकाप्रति ठूलो भरोसा थियो। यूद्धबिराम हुनुका साथै रुसले यूद्वमा जितेर कब्जा गरेको भूमि अमेरिकाले फिर्ता गराई दिन्छ ! तर दुई राष्ट्रपतिबिच त्यस्ता कुराहरुमा बिषय प्रबेश नै भएको देखिएन। अमेरिकालाई आफ्नो भगवान मान्ने जेलेन्स्कीले त्यस्तो आशा विश्वास गर्नु ठिकै होला तर ठूला राष्ट्रहरुले आफ्नो देशको स्वार्थलाई पर सारेर अरुको भलाईलाई सोच्दैनन् भन्ने कुरा उनिहरुका एजेन्टहरुले बुझ्दैनन। जेलेन्स्कीले पनि त्यस्तो आसा गर्नु उनको मूर्खता मात्र हो। यस्ता हामि कहां पनि नभएका होईनन्। राष्ट्रपति पुटिनलाई राम्रोसंग थाहा छ। जेलेन्स्की भनेको अमेरिकाले प्रयोग गरेका ब्यक्ति हुन्। रुस आफैमा एक शक्तिशाली राष्ट्र अमेरिकासंग त्यसै झुक्दैन। ट्म्को आग्रहलाई स्वीकारेको मात्र देखिन्छ। अहिले जेलेन्स्की आफै अमेरिका दौडिसकेका छन्। “ब्रिक्स” आफै शक्तिशाली हुदै आएको अबस्थामा नेटो राष्ट्रसंग रुस कुनैपनि हालतमा सम्झौता गर्ने पक्षमा देखिदैन।
“भारत भ्रमणको लागि मरिहत्ते गरेका प्रधानमन्त्रीलाई भर्खरै कुटनीतिक पहल र पत्र आएको भन्ने सुनिन्छ। तर भारतले नेपालका प्रधानमन्त्रीलाई उपहारको ब्यबस्था गरिसकेको, केही तालिम प्राप्त कुकुरहरु उपहार स्वरुप भेट गरिने कुराले निकै बजार तताएको छ। नेपालका नेताहरुको हैसियत राम्रोसंग बुझेका बिदेशीले यस्तै कुराले सम्मान गर्छन्। पूर्वप्रधानमन्त्री प्रचण्डलाई मुर्रा भैसी (रांगो) दिएका थिए,भने अहिले कुकुर, त्यस पछि के दिने हो ? (सूंगुर) की (गधा) त होला नी !”
त्यस्तै अर्को हामी कहाँ पनि प्रधानमन्त्री केपि शर्मा ओलिको भारत भ्रमणको कुराले केही चर्चा पाएको छ। भाद्र ३१ गते हुने भनिएको भ्रमणको दुई महिना अगाडि देखि चर्चा हुनु आफैमा हास्यास्पद हो। भारत भ्रमणको लागि मरिहत्ते गरेका प्रधानमन्त्रीलाई भर्खरै कुटनीतिक पहल र पत्र आएको भन्ने सुनिन्छ। तर भारतले नेपालका प्रधानमन्त्रीलाई उपहारको ब्यबस्था गरिसकेको, केही तालिम प्राप्त कुकुरहरु उपहार स्वरुप भेट गरिने कुराले निकै बजार तताएको छ। नेपालका नेताहरुको हैसियत राम्रोसंग बुझेका बिदेशीले यस्तै कुराले सम्मान गर्छन्। पूर्वप्रधानमन्त्री प्रचण्डलाई मुर्रा भैसी (रांगो) दिएका थिए,भने अहिले कुकुर, त्यस पछि के दिने हो ? (सूंगुर) की (गधा) त होला नी !
“भारत भ्रमणको लागि मरिहत्ते गर्नुको कुनै अर्थ छैन। नेताहरु र प्रधानमन्त्रीका कारण देश हार्नु हुँदैन। यस्ता कुराहरुमा बुद्धिजीवी, सचेत नागरिक, जनताले कडाईका साथ खवरदारी गर्नुपर्छ।”
चुच्चे नक्सा आफुले बनाएको भन्ने दाबी गर्ने प्रधानमन्त्रीले देशका मिचिएका भू-भाग, कालापानी, लिपुलेक र नेपाललाई पत्तै नदिई भारतले बनाइएको कालापानी लिपुलेक हुदै मानसरोवर जाने बाटो, त्यस्तै नेपालको भैरहवा लुम्बिनी, जनकपुर अखण्ड भारत भनी संसद भवनमा राखिएको नक्सा “किन र कुन आधारमा राखियो” यो तुरुन्त हटाईयोस भन्नुहुन्छ की हुदैन ? भारतले लगाएको नाकाबन्दीबारे आफु डटेर सामना गरेको, नझुकेको भन्ने धमास दिने प्रधानमन्त्रीले आफ्नो भ्रमणमा यी माथि उल्लेख गरिएका बिषयहरुमा अबस्य कुरा उठाउनु पर्नेछ। अन्यथा भारत भ्रमणको लागि मरिहत्ते गर्नुको कुनै अर्थ छैन। नेताहरु र प्रधानमन्त्रीका कारण देश हार्नु हुँदैन। यस्ता कुराहरुमा बुद्धिजीवी, सचेत नागरिक, जनताले कडाईका साथ खवरदारी गर्नुपर्छ। निकट आउदै गरेको ब्यबस्था परिवर्तन, जनताको आन्दोलनलाई पूर्ण समर्थन गर्न समेत आग्रह छ।
“यस्तो बेवारीसे अबस्थामा देश संचालन गरिएको छ। सांसदहरुको समय एक अर्कोको राजिनामा माग्दैमा बितेको छ। भ्रष्टाचार, कू-शाशन, बिचौलिया, तस्करी, माफिया बिरुद्ध, भू-माफिया नियन्त्रणका बिषयमा र देशका जल्दाबल्दा राष्ट्रिय समस्याका बिषयमा संसदमा कुरा उठदैन। दैनिक मन्त्रीहरुले भ्रष्टाचार गरेका कुरा प्रमाण सहित आएको सुनिन्छ। यतिसम्म की मन्त्रीले घुस आफुले पनि खाएको र अर्कोको भाग मन्त्री क्वाटरमै पुर्याउदा पनि कारवाही हुदैन उल्टै राजिनामा दिलाएर उन्मुक्ति दिईन्छ। भ्रष्टाचार लुकाउन, आफ्ना मन्त्री जोगाउन र मिलिजुली भागशान्ति खान पक्ष प्रतिपक्ष सबै एकजुट हुन्छन्। यस्तो छ देशको हालत, पंचायतकालमा पनि जनताको आवाज सुन्थे, डराउँथे, बहुदल आएपछिको समयमा पनि नेता, मन्त्रीहरु कमसेकम जनताका कुरा सुन्थे, ०६२/६३ पछि ०७० को सरकार पछिका दिनदेखि त जनताको आवाजको कदर नै गर्न छोडियो।”
प्रधानमन्त्रीको भारत भ्रमण भन्दा अगाडि चिनको भ्रमण हुदै छ। त्याहां भारतका प्रधानमन्त्री लगायत अन्य देशका प्रतिनिधिहरुको उपस्थिति सांघाईमा हुदै छ। देशको बार्षिक बजेटमा आधी बजेट यसरिनै प्रधानमन्त्री, मन्त्री, प्रदेश मन्त्री, बिशिष्ट कर्मचारी, सचिवहरुको विदेश भ्रमण र उपचारमै खर्च हुन्छ। आदि बजेटमा काम भन्दा भ्रष्टाचर, अनियमितता हुने गरेको पाइन्छ। बिषयगत मन्त्रालय देखि सुरक्षा निकाय, प्रहरी, सेना, मानव अधिकार, नागरिक समाज, ऐन, नियम, कानून र नियमावलीको अभावमा कामै गर्न पाइएन भन्ने गुनासो दिनदिनै सुनिन्छ। संसदमा अध्याध्यस पास हुन नसकेर चांग लागिसक्यो। दुई तिहाईको सरकार अध्यादेश पास गर्न सक्दैन। यस्तो बेवारीसे अबस्थामा देश संचालन गरिएको छ। सांसदहरुको समय एक अर्कोको राजिनामा माग्दैमा बितेको छ। भ्रष्टाचार, कू-शाशन, बिचौलिया, तस्करी, माफिया बिरुद्ध, भू-माफिया नियन्त्रणका बिषयमा र देशका जल्दाबल्दा राष्ट्रिय समस्याका बिषयमा संसदमा कुरा उठदैन। दैनिक मन्त्रीहरुले भ्रष्टाचार गरेका कुरा प्रमाण सहित आएको सुनिन्छ। यतिसम्म की मन्त्रीले घुस आफुले पनि खाएको र अर्कोको भाग मन्त्री क्वाटरमै पुर्याउदा पनि कारवाही हुदैन उल्टै राजिनामा दिलाएर उन्मुक्ति दिईन्छ। भ्रष्टाचार लुकाउन, आफ्ना मन्त्री जोगाउन र मिलिजुली भागशान्ति खान पक्ष प्रतिपक्ष सबै एकजुट हुन्छन्। यस्तो छ देशको हालत, पंचायतकालमा पनि जनताको आवाज सुन्थे, डराउँथे, बहुदल आएपछिको समयमा पनि नेता, मन्त्रीहरु कमसेकम जनताका कुरा सुन्थे, ०६२/६३ पछि ०७० को सरकार पछिका दिनदेखि त जनताको आवाजको कदर नै गर्न छोडियो। यस्तो ब्यबस्थालाई कसरी लोकतन्त्र भनिन्छ। लोकतन्त्रको जामा पहिर्याउँदैमा लोकतन्त्र हुदैन। आवाज उठाउनेलाई जेल हालिन्छ। अपराधिलाई उन्मुक्ति दिईन्छ। यो लोकतन्त्र होईन लुट र भांडतन्त्र हो। यस्को अन्त अपरिहार्य छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन।
जय नेपाल।