काठमाण्डौ। हिजो पौष १६ गते नेपाली कांग्रेसका नेता जननायक विपी कोइरालाको मेलमिलाप दिवसको सु-अबसरमा नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसमा दुई पार्टी बाहेक अन्य तीन ठुला गणतन्त्रबादी पार्टिहरुलाईसमेत बोलाएर कार्यक्रम गरेको देखियो। यस्तो कार्यक्रम गएको बर्षहरुमा गरिएको थिएन। गणतन्त्र आएपछिका दिनहरुमा केवल औपचारिक्तामा मात्र सिमीत थियो। तर यस्पाली पार्टीले केही राम्रो गरेको छ। अन्यथा नेपाली कांग्रेसले विपीको सिद्धान्त, मुल्य मान्यतालाई भुल्दै विपीपथ छोड्दै गएको धेरै भयो। अहिले वीपीको महत्व सबै पार्टिहरुलाई र बिषेश गरेर माओबादी नेता प्रचण्डलाई आवश्यक भएको देखियो। कारण उहांको शब्दमा गणतन्त्र खतरामा पर्यो। प्रतिगमनकारीहरु सल्बलाउन थाले भन्ने उहांको भनाइ छ।
हिजोको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नु भयो। हामी तिनजना नेताहरुको फोटो राखेर ” यी तिनजना नेताहरुलाई पनि हामी मार्छौं र २०,२० लाख दिन्छौ हुन्छ “! भन्ने भास्य यो के हो ? यो कुन संस्कार हो ? लोकतन्त्रमा यस्तो हुन्छ ? यसो भन्न पाईन्छ ? अझै मन्त्रीलाई गाडीमै राखेर जलाउनुपर्थो गल्ती गरेछन् भन्ने ? उक्त कुरा प्रधानमन्त्रीले गएको १३ गते ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर भन्नुभएको हो। हामी कहाँनिर चुक्यौं उहांको प्रश्न एकदमै जायज छ। यस्तो भन्न नपाउनुपर्ने हो। यदि नेताहरु र सरकारले जनतालाई सुशासन दिन सकेको भए ! नेताहरुलाई जनता, यूवाहरुको यही त प्रश्न छ। के लोकतन्त्रमा जनताले आफ्ना जायज माग उठाउनै नपाउने ? नियम संगत रूपमा उठाइएका कुराहरु सुनुवाईनै नहुने, सडकबाट उठाउदा राज्यको गोली खाएर मर्नुपर्ने के यही हो त लोकतन्त्र ? गणतन्त्र नेताहरु र उनैका परिवार, छोराछोरीलाई मात्र आएको हो ? जनताको हकमा केवल रोग, भोक, शोक, बेरोजगारी, गरिवी, अन्याय, भोगेर बस्नुपर्ने यस्तो हुन्छ ? गणतन्त्र आएको १७ बर्षसम्म जनताले भोगेको दर्दनाक दृस्य यो कम छ ? जनताले दिएको मतको कदर नेताहरुले गर्नु भयो की भएन सोच्नुहोस, तपाईको प्रश्नको उत्तर आफै पाउनु हुनेछ। लोकतन्त्रको उपहास भएको छ। ३२ सिटको पार्टिले बहुमतको उपहास गर्दै सरकार चलाएर जनता मार्दै छ। अझै जनतालाई धम्की दिन सुहाउँछ ? यो गणतन्त्रको असफलता हो।
नेताहरु आफै भन्नुहुन्छ। लोकतन्त्रले जनतालाई बोल्ने, लेख्ने, जायज मागहरु सडकबाट उठाउन पाउने अधिकार दिएको छ। के दिएको छैन ? त्यही प्रश्न आज यूवाहरुले उठाएका छन्। भोको पेटका यूवाहरुले न्याय माग्दा गोलि खानुपर्ने ? जनता, यूवाहरु के भंगेरा हुन् ? राज्यको गोलीले भंगेरा मारे झैं मार्नलाई ? तपाईहरुले जे सिकाउनु भयो जनताले त्यहि शब्द दोहोर्याएका मात्र हुनुपर्दछ। तपाईहरुको प्रश्नको प्रतिउत्तर हो भन्ने लाग्छ।
प्रधानमन्त्रीज्यू अझै थप्दै बालकुमारी घटना मैले अर्कै बुझेको छु। त्यो लोकतन्त्र सिध्याउने डिजाइन हो, भन्नसम्म भ्याउनु भयो। यदि त्यसो हो भने त्यसलाई प्रधानमन्त्रीले पुष्टि गर्न सक्नु पर्दछ। हैन भने जनताको छोरा मार्ने अनी गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिने ? जनतालाई गुमराहमा राख्न पाईदैन प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ।
यूवाहरुलाई उत्तेजनामा ल्याउने काम त्यहाँ मन्त्री स्वयमले गरेको भिडियोहरुमा प्रष्ट देखिन्छ। मन्त्रीसंग सुरक्षागार्ड, पिसीओ छ। बाटोमा अबरोध छ की छैन जानकारी लिएको हुन्छ। अबरोध थाहा पाउदां पाउंदै किन आउनुभयो ? त्यसमा पनि मन्त्री आउनु भन्दा पहिले नै गोली चलेको र एक यूवाको मृत्यु भैसकेको भन्ने कुरा त्यहाँ उपस्थित यूवा र प्रत्यक्षदर्शी स्थानिय ब्यक्तिहरुले भनिरहेका छन्। यूवाहरुले मन्त्रीलाई रोकेर सहयोग मागिरहेका थिय। तर मन्त्रीको जवाफ त्यस्तो रुख्खो हुनुहुन्छ ? मेरो सरोकारको बिषय होईन। नभएपनि त भिडलाई सान्तोना दिनको लागि मात्र भएपनी मेरो मन्त्रालय अन्तर्गत त पर्दैन तर पनि म अहिले नै सम्वन्धित ठाउमा तपाईहरुको मागलाई पुर्याएर सहयोग गर्ने छु भन्दिएको भए थप घटना घट्न पाउने थिएन होला। आज चौतर्फी रुपमा पिडा र आक्रोस बढेको छ। प्रधानमन्त्रीको त्यही प्रश्नलाई जनताहरुले प्रतिप्रश्न गरिरहेका छन्। यदि त्यो गरिव जनताको छोराको ठांउमा तपाईहरुको शन्तान परेको भए के गर्नुहुन्थ्यो ? एउटा यूवाको मूल्य के १० लाख हो त ? मान्छेको मुल्य १० लाख तोक्ने मान्छे मार्दै जाने। अनी जनताले गणतन्त्रको भजन गाएर बसिदिनुपर्ने ?
त्यसैले जनताहरु आजित भएका छन्। गणतन्त्रको बिकल्प खोज्न बाध्य भैसकेको देखिन्छ। जनताको यो बुझाई देखिएकोले अताल्लिएका पार्टीहरु एक भयको देखाउदै जनता तर्साउन लागेका हुन्। लोकतन्त्रको बिकल्प छैन हामी एक छौ भन्ने सन्देश दिन। उनिहरुको इसारा राजामाथी हुनसक्छ भन्ने बुझ्न गारो छैन। जनताले चाहेको अबस्थामा गारो पनि छैन। लोकतन्त्रका पार्टिहरुले राजा बिर्साउने काम गर्नै सकेनन्। केवल आफ्ना परिवार, दुईचार आसेपासे र माफिया, बिचौलिया, तस्करहरुको रक्षक बाहेक जनताका नेता, देशको रक्षक हुन नसकेका कारण आजको अबस्था भन्दा हिजो राजसंस्था भएकोबेला जनता सुरक्षित र गरिखाने अबस्था भएको सोच्न बाध्य भएको देखिन्छ।
त्यसको लागि राजसंस्था पुनर्स्थापित गर्न चाहने जनता, संघ-संस्था टुक्राटुक्रामा बिभाजित दलहरु पनि जसरी गणतन्त्र मान्नेहरू एक भएका छन्। त्यसैगरी राजसंस्था चाहनेहरु एक हुदै हिजो राजा ज्ञानेन्द्र र ७ पार्टीहरुबिच भएको ५ बूदे सहमती पुरा गर भन्ने नाराका साथ अगाडी बढ्न ढिला गर्नुहुँदैन। यो राष्ट्र पिता पृथ्वीनारायण शाहको अथक प्रयासले आर्जेको मूलुक हो। उनको बंसजलाई बाहिर राखेर देश सुरक्षित हुन सक्दैन। अब त्यो समय आइसकेको छ। यसको लागि देशको रक्षा गर्ने, शाहबंशीय गौरबपूर्ण ईतिहांसको रक्षा गर्ने दायित्व बोकेको सेनाको पनि उत्तिकै जिम्मेवारी भएकोले अब सेना, प्रहरी सुरक्षा निकायहरु र जनता एक भएर यो देशको रक्षार्थ खडा हुनुपर्ने समय आइसकेको छ। यसरी देश चल्दैन सबै एकजुट भएर अगाडी बढनुको बिकल्प छैन। जय नेपाल।
(लेखिका थापा नेपाली कांग्रेसको पूर्वसांसदसमेत हुनुहुन्छ।)