मानव बिकाश संगसगै समाज सभ्यता, धर्म संस्कृतिको पनि बिकश हुंदै आएको देखिन्छ। हाम्रो पूर्वीय संस्कृतिले मानव समाजलाई समाजमा मिलेर बस्ने, एक आपसमा आदर सदभाव बढाउने बिवेक प्रयोग गर्ने, बिवेक बिहिन समाजको कल्पना नगरेको पाईन्छ। त्यसैले त पूर्वीय दर्शनलाई, सभ्यताको जननी भनीन्छ। हिजो संम्मको सभ्य समाजमा अहिले दिनपरदिन गिरावट आउदै छ। समय र समाजले परिवर्तन अबस्य खोज्छ तर आफ्नो धर्म, संस्कृति, सभ्यता, कर्तब्य र निष्ठालाई पनि जिवनको अभिन्न अंग वा कर्तब्यनिष्ठ बनाउदै जानुपर्छ। आजको समाज यस्तो डरलाग्दो किसिमले एकाकीं बन्दै गयको देखिन्छ। जहां म र तिमी हामी भन्ने शब्द लोपहुदै गएको छ। त्यहाँ अरुको प्रवेश रुचाईदैन। यस्तो कल्पना हाम्रा पुर्वजहरुले सायदै गरेका थिए। यस्तो एकांकी समाज पश्चिममा संकृति हो। दक्षिण एशियाली समाजको हैन।
धर्म र संस्कृतिले समाजलाई जोडने काम गर्छ। एकजुट भएर मेलमिलापको भावना र सहयोगको भावना लिएर अगाडी बढन सिकाएको हुन्छ। यो सिकाएको हाम्रा पुर्खाहरुले नै हो। सायद समाज शास्त्र र समाज बिज्ञानले पनि यही शिक्षा दिएको थियो भन्ने लाग्छ। आज यही शिक्षालाइ लोकतन्त्र, गणतन्त्रले समाप्त गरेको छ। यहिनै हो आजको राजनीतको बिक्रित रुप।
२०७२ को संबिधानले देशलाई धर्मनिरपेक्षतामा लग्यो, नेताहरु भन्छन् राज्यको धर्म हुँदैन तर उनीहरुनै ठुला पदमा पुग्न पशुपतिनाथलाई पुकार्दै लाखबत्ती बाल्ने। कालिलाई कालो बोकाको बलि दिने भन्दै भाकल गर्छन् किन ? धर्म निरपेक्षताले देश, जनता समाजलाई फुटाउने बाहेक जुटाउने काम गरेन। दलहरुमा बढदै गएको अहंकार, र हामी बाहेक अब कोही छैन हामीले जे गरेपनि जनताले सहने छन् भन्ने घमण्डले देश असुरक्षित बन्दै गयो। अब जनताले यो घमण्डलाई तोड्न जरुरी छ।
लोकतन्त्र गणतन्त्रका नेताहरु सिंहदरबार भित्रै आफ्नो कार्यकक्षबाट बाहिर निस्कदा पनि राज्यले दिएको सुरक्षाले नपुगेर निजी, कालापोसाक धारीहरुको घेरा भित्र रहेर बाहिरिन्छन्। तर राजा जनताको माझमा बिना सुरक्षाकर्मीको घेरामा जनताको माझमा निर्धक साथ हिडेकाछन्। राजा यसै गरी जनतासंग जोडिदै जाउन अब देशलाई राजसंस्थाको अपरिहार्य आवश्यकता भईसक्यो।
भक्तपुरका जनताको निमन्त्रणालाई स्वीकार गर्दै तलेजु भवानी र भैरवनाथको दर्शनका लागि गएका राजा श्री ५ ज्ञानेन्द्र शाहलाई भेट्न हजारौं-हजारको संख्यामा उपस्थित जनताको भीडले देखाएको छ। आफ्नो राजाको भब्य स्वागत गरे, मन्दिर दर्शन गरेर बाहिर निस्कदै गर्दा राजाको स्वागतका लागि प्रफुल्ल हुदै उपस्थित भिड पन्छाउन सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे पर्यो। यसरी एउटा नागरिक भएर बसेका राजालाई स्वागत गर्न जनताको उल्लेखनीय अपार भिडले राजा नेपाली जनजनको हृदय भित्र रहेछन् भन्ने देखिन्छ। प्रजातन्त्र आएदेखी आजसम्म सत्ता र शक्तिमा रहेका, कोही २/३ र कोही ५/५ पटक प्रधानमन्त्री भैसकेका नेताहरुलाई यो बढदो जनलहरले गिज्याईरहे जस्तो लाग्दैन ? राजाको क्रेज बढ्दो छ, उनको मुहारमा देखिएको तेज, हिजो र आज पनि उस्तै देखिन्छ। नेताहरुको ईमेज गिर्दो छ। राजाको क्रेज बढ्दो छ।
राजसंस्था हटेका दिनदेखी आजको दिनसम्म हेर्दा नेताहरुको ईमेज कति खस्कियो ? आज कुनै पनि पार्टिका नेताहरुलाई देख्दा जनताले छिछि धुरधुर गर्न थाले किन ? प्रश्न आफैमा स्पष्ट छ। भ्रष्टाचार, बिदेशीका गुलाम, उनैको लागि कामगर्ने, पंचायती शासनकालमा समेत नभएका तस्करी धन्दा आज देशमा डरलाग्दो किसिमले बढिरहेको छ। सत्ताको बागडोर सम्हाल्ने ब्यक्तिहरुको संरक्षक र उनिहरुकै संलग्नतामा मौलाएको अनैतिक, अनगिन्ती धन्दाहरुले गर्दा देश तहसनहस बन्दै जांदा पनि नेताहरुकै पारिवार, आफन्त आफु निकटकालाई जोगाउन नेताका परिवारको प्रसाशन माथिको घिनलाग्दो हस्तक्षेप देख्दा हामीजस्ता ईमान्दार पार्टिका कार्यकर्ताहरुलाई जनतामा मुख देखाउन लाज भैसक्यो। गृहमन्त्री नारणकाजी श्रेष्ठले थाहै नपाइ बरिष्ठ प्रहरीहरुको सरुवा हुन्छ। बिभागिय मन्त्रीलाई थाहै हुदैन। यो देश कस्ले चलाएको छ ?
प्रधानमन्त्री प्रचण्डले पूर्वान्चल भ्रमणमा दिएको मिशन ८४ को भाषनले नै प्रष्ट पारिदियो की ३२ सिट प्राप्त गरेका नेता प्रचण्डलाई प्रधानमन्त्री नभई नभएको कारण, उनी अझै जातित्व राज्यकै पक्षमा भएको र बिदेशी पृष्ठपोषक हुन भन्ने कुराको प्रमाण पाउन अझै केही बांकी छ ? देशलाई बिखण्डन गर्दै फुटाउ र राज गर भन्ने बिदेशी सिद्धान्तबाट प्रभावित भएर काम गर्ने देश, जनता, राष्ट्र राष्ट्रियताका लागि हैन भन्ने कुरा बुझ्न सायद अब ढिलो नगरोस् नेपाली कांग्रेसले। हैन भने नेपाली कांग्रेसको कांधमा बसेर जनतालाई बन्दुक हान्दै छन्। यो साम्यवादी सिद्धान्तका हिमायतिहरु, मात्र अबसरको पर्खाईमा छन्। कांग्रेसको होस खुल्न अब ढिलो नहोस्। पशुपतिनाथले हामी नेपाली जनताहरुको पुकार सुन्दिउन्।
जय नेपाल।
(लेखिका पूर्व सासंद हुनुहुन्छ।)