नेपालको चुच्चे नक्सा निकालिएको पनि सायद ४ बर्ष बढी भयो होला। तर नेपाल सरकारले अन्तराष्ट्रिय दौत्य सम्वन्ध भएका मूलुकहरुलाई परराष्ट्र मन्त्रालयले लिखित रुपमा जानकारी नगराएको कुरा बर्तमान सरकारका परराष्ट्रमन्त्रीले भनेका छन्। यो कति कुटनैतिक अपरिपक्कोता हो। जबसम्म कुटनैतिक पत्राचार मार्फत् जानकारी गराइदैन तबसम्म त्यसले कुटनैतिक मर्यादा र आधिकारिक्ता प्राप्त गर्न सक्दैन। यति सामान्य कुराहरुमा समेत लापर्वाही गर्नु लाजमर्दो कुरा हो।
चुच्चे नक्सा निकालिएकोमा गर्ब गर्ने तत्कालीन प्रधानमन्त्री सम्बन्धित मन्त्री, परराष्ट्रमन्त्री, मन्त्रालयका बरिष्ठ कर्मचारीहरुको ध्यान कहां थियो ? अहिले चिनले आफ्नो नक्सामा भारतको अरुनान्चल प्रदेशलाई समेटेर नक्सा निकालेपछि मात्र उक्त कुरामा बहस सुरु भएको छ। चीनले किन नेपालको चुच्चे नक्सालाई प्राथमिक्ता दिएन राखेन भन्ने खुलदुली मच्चियो। अझै त्यो भन्दा पनि काठमाण्डौं महां-नगरपालीका मेयर बालेन शाहको तत्काल हुन लागेको चिन भ्रमण चुच्चे नक्सालाई ननिकालीएका कारण शाहले आफ्नो भ्रमण नै रद्ध गरेपछि मात्र उक्त कुराको खुलासा भयो।
तत्कालीन सरकारले कुटनैतिक पत्राचार नगर्नु र ०७९ को निर्वाचन पछि बनेको सरकार, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले समेत जानकारी नलिनु कतिसम्म गैरजिम्मेवारपन हो ? हाम्रा राजनैतिक दलहरु निर्वाचन सम्पन्न हुने बित्तिकै सरकर बनाउन, प्रधानमन्त्री बन्न हतारिन्छन्, सरकार चलाउन सिप आर्जन गर्दैनन्। आफुले जिम्मेवारी लिन लागेको मन्त्रालयमा निबर्तमान सरकारले गरेको कामकारवाहीमा के-कती काम राम्रो भएको छ र कमिकमजोरी कति छ। भन्ने जानकारी बिनानै कुर्सीमा बस्न र कर्मचारीहरुबाट स्वागत लिन, माला लगाउन हतार गर्छन, पद बहाली भएपछी बिगतको सरकारले गरेको काम के कति सम्पन्न गरिएको छ, के कति बांकी छ, बुझबुझारथ गर्ने चलन नै देखिदैन, सम्बन्धित मन्त्रालयका सचिव, बरिष्ठ कर्मचारीहरुबाट समेत जानकारी नगराएको देखियो। यदि गराएको भए यतिका बर्षसम्म चुच्चे नक्सा निकालिएको गर्ब गर्ने वाहवाह खान खोज्ने तत्कालीन सरकारले सबै राष्ट्रहरुलाई जानकारी किन गरिएन ? यो कुटनीतिक अपरिपक्कोता हो।
निर्वाचनमा बहुमत ल्याउने पार्टिको सरकार बन्ने निश्चित हुदाहुदै पनि ०७४ को निर्वाचनमा करिब दुईतिहाईको नजिक रहेको पार्टीलाई सरकार बनाउन पाउछु भन्ने बिश्वास नभएको देखिन्थ्यो। त्यसैले उसले हतारहतारमा ससदबाट सपथ ग्रहण नै नलिईकन संम्बिधान बिपरित राष्ट्रपतिबाट प्रधानमन्त्रीको सपथग्रहण लियो। यति हतार, दरिद्रता किन ? संम्बिधान बिपरित काम भयो। तर तत्कालीन प्रतिपक्षले त्यस बिषयमा एक शब्द उठाएन। त्यो ०७२ को सम्बिधान लागु गरिएपछीको पहिलो निर्वाचन ०७४ थियो। यसरी संम्बिधानको उलगंन गर्ने काम त्यहीं देखि नै सुरु हुदै आयो। गणतन्त्रको सुरुवात देखिनै यस्ता अनगिन्ती संबैधानिक उलंघन हुंदै आएको छ। यसैमा नेताहरुको आदत बस्यो। निती ,कानून बनायो भ्रष्टाचार गर्ने, जस्तो झापाको गिरिबन्धु टी स्टेट निति बनाएर संसदबाट पास गर्दै माफिया र नेताहरुले सट्टापट्टिका नाममा बाँडीचुँडी खाने भैसकेका थिए, धन्न सर्बोच्चमा रिट पर्यो र अदालतले रोकेको छ। हामी गणतन्त्रका राजा हौं जे गरे पनी हुन्छ भन्ने घमण्ड बढ्यो तर यो थाहा भएन राजनिति गर्नु र कुटनैतिक मर्यादाको पालना छुट्याउन नसक्नु त्यो अर्को गल्ती थियो।
नेपालले चुच्चे नक्सा निकालेकोमा सर्बप्रथम स्वागत गर्ने मूलुक अमेरिका थियो। कुटनैतिक जानकारी बिना अमेरीकाले स्वागत गर्न किन हतारो देखायो ? कतै अमेरिकालाई मात्र जानकारी गराइएको थियो की ? या MCC पास हुने खुसियाली भएर हो। सात समुन्द्र पारिको मूलुकले स्वागत गर्दा उत्तरी छिमेकी किन पछी पर्यो ? यसबाट थाहा हुन्छ नेपालप्रती अन्तराष्ट्रिय स्वार्थ कति छ भनेर। हामी हरेक क्षेत्रमा त्यसै पछि परेका छैनौ।
देश हांक्ने सत्तासिनहरुको भ्रष्ट मानसिक्ताले गर्दा आज देश, जनताहरु लज्जित हुनुपरेको छ। राष्ट्र, राष्ट्रियता भूगोल सबै कमजोर बनाउदै छन्। शुसासनको नाउंमा कु-शासन र सत्ता कब्जा गर्ने, सत्ताबाहेक केही नदेख्ने, देश जनताप्रति उत्तरदायी बिहिन मानसिक्ताले ग्रसित बिदेशी पैसाले उनमत्त भएका शासकहरुको दिमागले चलाएको देशका जनताले कसरी शान्ति, समृद्धि र न्याय पाउन सक्छन् ?
जहां निति बनाएर भ्रष्टचार गरिन्छ। बिदेशीलाई खुलेआम नागरिक्ता बेचिन्छ। आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचिन्छ, जनतालाई स्वदेशमा रोजगारी दिने सरकार बन्ने अबस्था छैन भाषण ठूलाठूला गर्ने नेता प्रशस्त पाइन्छ। काम गर्ने जनताको समस्या बुझ्ने पार्टीहरु र सरकार छैन। भने त्यो देशका जनताले कसरी शान्ति र सुख पाउँछन् कल्पना भन्दा बाहिरको कुरा हो।
देशका जनता सबै बाहिर बिदेशिए, कोही रहरले गए, कोहि देखासिकीले, कोही बाध्यताले गए, धेरै यूवाहरु बालक छोराछोरीहरुको लालनपालनको खर्च धान्ने आधार नहूंदा शिक्षादिक्षा बुढा बाबुआमाको स्वास्थ्य उपचार गर्न नसकेर धन कमाउने उद्देश्यले गए, जसरी भएपनि गए आखिर देश रित्याएर गए, गाउंघर उजाड छ। मलामी जाने मानिस छैन। घरघरमा बुढाबुढीहरुको बिजोग छ। देशमा भएका केही यूवाहरु स्वदेशमै गरिखान भनेर बैंक, सहकारी लघुबित्तबाट ऋण लिएर गरेको लगानी उठाउन गारो भयो। समयमा किस्ता तिर्न नसक्दा बैंक सहकारीको ज्यादतिले आत्महत्या गर्ने यूवाहरुको लहरै चल्यो, काभ्रेको तथ्याङ्क अनुसार महिला र पुरुष गरेर यहि आर्थिक बर्षमा मात्र ३ सय भन्दा बढी र पनौती नगरपालिका भित्र दुई दिनको बिचमा तिन जना यूवाहरुले आत्महत्या गरेको खबर छ।
गरिबीका कारण बुढा बाबुआमालाई छोराछोरी जोगाउन मुस्किल भयो। देश रित्तिएकोमा नेता खुशी छन्, बिरोध गर्ने जनता नहूंदा। त्यसैले अब बिदेशिएका जनता अब फर्कनुपर्छ। भ्रष्ट नेताहरुलाई लखेट्दै देश जोगाउन छिटो जुटनुपर्छ।
अब त देशमा उत्पादन बढछकी कृर्षिमा समृद्धि आउछ की ? भन्ने आशा गर्न सकिन्छ होला, किनकी ठूला नेताका श्रीमतीले कृर्षि क्रान्ति गर्छु भन्दै ढिकी कुटन थाले। भ्याकुताले स्टकोट लाउने भएपछी कपडाको सत्यानास, पशुपतिनाथले रक्षा गरुन।
जय नेपाल।
(लेखिका थापा पूर्व सांसद हुनुहुन्छ।)