News Portal

ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !

हिमालीसंचार संवाददाता
३९७ पटक

काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी।

तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने पहिरनमा टोपीको खास महत्व र अर्थ छ। यसलाई हाम्रा पूर्खाले ‘शीरपोस’को उपमा दिए। पहिरनको पनि उच्च कोटीमा दरिएको छ यो। यही पहिरन चेलीले माइतीलाई स्नेहपूर्वक दिएका हुन्।

टोपी मात्र होइन, ढाका टोपी

त्यसो त, ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ। यसमा हामी आफ्नोपन पाउँछौं। कतै नेपालीलाई चिनाउनु परे ढाका टोपी मानक बन्छ। यो हाम्रो आफ्नै उत्पादन हो। र, हो आफ्नै रचना। यो हाम्रो आस्थाको प्रतिक पनि हो।

चेलीको सर्वोत्तम उपहार

भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अद्यापि छ। यसको खास अर्थ छ। टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देशसहित ढाका टोपी उपहार दिइन्छ।

भाइटीकामा माइतीको टाउको खाली राख्न नहुने अर्को धारणा पनि छ। यही कारण टोपी पहिर्‍याइदिइन्छ।

तिहारको रौनक र ढाका टोपी

जसै तिहार नजिकिन्छ, बजारमा ढाका टोपी छ्यापछ्याप्ती देखिन्छ। तिहारलाई लक्षित गरेर बजार ढाका टोपीले ढाकिन्छ। ढाका टोपी देख्नासाथ हामी रोमाञ्चित हुन्छौं। किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ।

तर, खै टोपी ?

आधुनिकताका नाममा हामीले कति परम्परागत विधि-विधानलाई लत्याउँदै आएका छौं। पछिल्लो समय टोपी पनि यसैको मारमा परेको छ।

अहिले चेलीले माइतीलाई अन्य लत्ताकपडा दिने चलन बढी छ। भाइटीकामा दिइने उपहारलाई अन्य लत्ताकपडा र ग्याजेटहरुले प्रतिस्थापित गर्दै छन्।

किन भनियो ढाका टोपी ?

यो नेपालीहरुको मौलिक पहिरन र पहिचान दुवै हो। ढाकाको कपडाबाट तयार पारिने हुनाले ढाका टोपी भनिएको हो। निधारसहित सम्पूर्ण टाउको ढाक्ने भएकाले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ।

बंगलादेशको ढाका शहरबाट यस किसिमका कपडा आयात भएकाले यसलाई यस्ता कपडालाई ढाका भन्ने गरिएको हो। दौरा सुरुवालमा यो पुरुषको शिरमा चिटिक्क सजिन्छ। त्यसले यसलाई नेपालीहरुको राष्ट्रिय पोशाक पनि मानिएको हो।

यसरी आयो प्रचलनमा

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी तत्कालीन राजा महेन्द्रको पालामा बढी प्रचलनमा आएको हो। त्यसबेला नेपालको सरकारी कर्मचारी सबैलाई नेपाली पोशाक अनिवार्य थियो। त्यसमा ढाका टोपी पनि पर्छ।

यो नेपाली कला, धर्म र संस्कृतिसित पनि जोडिएको छ। धार्मिक कार्यको दौरान निधार र शिर खाली राख्न नहुने मान्यता छ। त्यसको विकल्प ढाका टोपी नै हो। भाइटीकामा ढाका टोपी त्यही धार्मिक मान्यताको उपज हो।
अनलाइनखबरबाट।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...