News Portal

गरिब नेताले चुनाव कसरी लड्ने सरकार?

हिमालीसंचार संवाददाता
३५५ पटक

सरकारले स्थानीय तहको निर्वाचन धोषणा गरेको अब ३० दिन बाकी छ। आज २०७८ सालको अन्तिम दिन पनी हो। नेपालमा दुई दशकयता निर्वाचन खर्चसँगै सुरक्षा खर्च पनि उच्च रफ्तारमा आकासिएको छ । यसो हुनुको कारण हरेक सामान खरिद पारदर्शी नहुनु, प्रतिस्पर्धा माध्यमबाट सस्तोमा सामान खरिद नहुनु, प्रविधिको प्रयोगमा वास्ता नहुनु, भोटिङ मेसिन प्रयोग गर्न नसक्नु जस्ता कारणले खर्चको भार आज आकासिएको छ ।

नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा शंशाक कोइरालाले आफ्नो चुनावी खर्चबारे खुलाउदै; ‘मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा ३ करोड र पछिल्लो ०७४ चुनावमा ६ करोड पुग्यो । उनले चुनाव लड्न कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ । 

महालेखाको प्रतिवेदनले यही तथ्यलाई त्यही उजागर गर्छ । यसबाहेक बढ्दो मूल्यवृद्धि, डलरको भाउ तथा मुद्रास्तिथिले गर्दा पनि खर्च बढेको देखाउछ । सामान्य रूपमा खर्च बढ्नु स्वाभाविक भए पनि अनियन्त्रित खर्च कसरी रोक्ने भन्ने विषय गम्भीर चुनौति भएको छ ।

पछिल्लो समय पूर्वमन्त्रीहरु नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका स्थानीय चुनावका लागि इच्छा ब्यक्त गरिरहेका छन् । यसको मुल कारण खर्चको भार अनियन्त्रित हुनु नै हो । यसरी अब्यबस्थित अर्थब्याबस्था भित्र डरलाग्दो भ्रष्टचारको चरम दुरुपयोग निश्चित हुन्छ। 

मुलुकको अर्थव्यवस्था कोरोना महामारीका कारण इतिहासकै नाजुक अबस्थामा छ । विकास निर्माणले गति लिन सकिरहेको छैन । राज्यको धेरै रकम प्रशासनिक खर्चमै सिद्धिएको छ । मुलुकमा महँगी चुलिएको छ । अर्थतन्त्र नै गम्भीर समस्यामा रहेका अबस्थामा आगामी बैसाख ३० गते स्थानीय निर्वाचन हुँदै छ ।

स्थानीय निर्वाचन लगतै प्रदेश र संघको निर्वाचन हुनेछ । यत्तिको निर्वाचन र सुरक्षा खर्च मुलुकले अनन्तकालसम्म कसरी थेग्छ ? जबकि निर्वाचन नै सुशासनको प्रारम्भ बिन्दु हुनुपर्ने हो । सकभर कम खर्च गरी मितव्ययिता कसरी अपनाउने भनेर सरकार र आयोग खासै गम्भीरता देखिँदैन ।

विस २०५६ सालको निर्वाचनसम्म गाडी किन्ने, कर्मचारीलाई अतिरिक्त भत्ता दिने अभ्यास थिएन । पछिल्ला समयमा चुनावमा यसैमा बढी खर्च देखिएको छ । ०५६ सालको संसदीय निर्वाचनमा राज्य कोषबाट दुई अर्ब ७५ करोड रूपैयाँ खर्च भएको थियो ।

त्यसबेला निर्वाचन आयोग र सुरक्षा निकायको बजेट करिब बराबर थियो । ०६४ सालमा संविधानसभा चुनाव सम्पन्न भयो । जसमा सुरक्षा खर्च ह्वात्तै बढाइयो । त्यसबेला चुनाव गराउन सात अर्ब ५० करोड हुँदा सुरक्षामा मात्रै पाँच अर्ब रूपैयाँ व्यय भएको छ ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये सुरक्षा खर्च ६ अर्ब ८४ करोड रूपैयाँ लाग्यो । हाल स्थानीय तह निर्वाचनमा खटिने आयोगका पदाधिकारी र कर्मचारीलाई तलबको सतप्रतिशत अतिरिक्त भत्ता दिने कुरो छ । नेपाल सरकारले आठ अर्ब ११ करोड रूपैयाँ बजेट छुट्याएको छ ।

खर्चको स्रोत अग्रिम निर्वाचन आयोगमा बुझाउने र कुनै दाताले दल वा उम्मेदवारलाई कानुनको सीमा नाघेर सहयोग गरेको भेटिए दण्ड, जरिवाना हुन जरुरी छ । निर्वाचन नै खर्चिलो र भड्किलो हुँदा सुशासन कायम गर्न कठिन हुन्छ ।

चुनावमा व्यक्तिगत खर्च पनि बेहिसाब हुँदै छ । जसले गर्दा अन्ततः धनीमानी र ठूलाबडाले मात्र लड्ने तर मध्यम र निम्न वर्गको बुताभन्दा बाहिर जाने खतरा देखिँदै छ । महँगो चुनावका कारण पार्टीहरूभित्रै उम्मेदवार बन्न इच्छा नदेखाउने विपन्न वर्गको संख्या बढ्दो छ ।

दलहरूमा उम्मेदवार बनाउन पैसा भएका मान्छे खोज्नुपर्ने र यसको परिणाम व्यापारीहरु राजनीतिमा धमाधम प्रवेश गर्ने बेथिति बढिरहेको छ । जसले लोकतन्त्र र परिवर्तनका लागि लडेका हुन् उनीहरू नै चुनावमा उम्मेदवार हुन नसक्नु विडम्बना हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल नेतृत्वको नीति अध्ययन प्रतिष्ठान संस्थाले हालै गरेको एक अध्ययन प्रतिवेदनले टिपेर ल्याइने ‘टुरिष्ट’ उम्मेदवारका कारण अन्धाधुन्द खर्च भई स्थानीय तहमा भिजेको र मन पराइएको व्यक्ति बहिर्गमनमा परेको बिडम्वना उजागर गरेको छ । साम, दाम, दण्ड, भेदका साथ चुनाव जित्ने र खर्च उठाउन तथा अर्को निर्वाचनका लागि चाहिने स्रोत जुटाउन जे गर्न पनि तयार हुने गलत प्रवृत्तिले बढावा पाउने खतरा देखिँदै छ ।

निर्वाचन प्रणालीमा सुधार र पुनर्विचार नगरिए जनप्रतिनिधिले सुशासन र विकासमा ध्यान केन्द्रित गर्नुभन्दा स्वार्थ समूहको प्रभावमा काम गर्नेछन् । त्यसपछि भ्रष्टाचार संस्थागत हुनेछ । कम्तीमा यो स्थानीय निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सिलिङ अघिल्लो निर्वाचनकै यथावत् राख्न सके मात्रै पनि सुशासनको झल्को दिनेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...