News Portal

कविता – “पैसा फल्ने रुख “

कवि - सुनीता खनाल
५७६ पटक
२०७७ जेठ ५, सोमवार

कविता – “पैसा फल्ने रुख “

आमा भन्थिन्
पैसा फल्ने रुखमुनी बराल्लिरहेको त्यो छाया
तिम्रो बाबाको हो !

त्यस दिनदेखी
त्यो रुखको फेदमा अर्को छाया पनि थपियो

म त सानो छु,
खुट्टाहरु मसिना छन्
हातहरु कलिला छन्
त्यो रुखको टुप्पोसम्म नपुग्ने आँखा छ

बाबाका हात चट्टान जस्तै बलिया थिए
हरिस जस्तै पाखुरा
पहरा जस्तै छाती
खेतको गरा जस्तै काँध
अर्जुनको धनुकाँड जस्तै आँखा
आँखाभरि सिमलको भुवा जस्तै सपना
सपनामा बगिरहेको दु:खको नदी
र त्यही नदिमा
छचल्किरहेको मेरो अनुहार !

हो, त्यही अनुहारलाई जोगाउन
बाबा त्यो रुखमुन्तिर युगौदेखी भड्किरहे
तर कहिल्यै चढ्न सकेनन् त्यो रुखमा !

नेताहरू बन्दुक बोकेर चढे
गुरुहरु चकको धुलो बोकेर चढे
पार्टीका कार्यकर्ताहरु पत्थर बोकेर चढे
पसलेहरु थैली बोकेर चढे
जमिन्दारहरु लालपुर्जा बोकेर चढे
कलाकारहरु मादल बोकेर चढे
पुजारीहरु बलिको रगत बोकेर चढे

तर मेरा बाबा…??

आमा भन्थिन्
पैसा फल्ने रुखमुन्तिर बराल्लिरहेको त्यो छाया
तिम्रो बाबाको हो।

एकदिन मेरा बालाई
सबैभन्दा तल्लो हाँगोको पासोमा झुन्डिरहेको देखे
हो त्यस दिनदेखि
त्यो रुखको फेदमा अर्को छाया पनि थपियो
त्यो मेरो थियो ।

सुनिता खनाल, धादिङ हाल :काठमाण्डौ

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...