News Portal

  • स्वास्थ्य संकटमा बढ्दो सामाजिक असमानता

    जनार्दन थापा
    ३१७ पटक
    जेष्ठ ४, २०७७ आईतबार

    काठमाडौं – कोरोना महामारीले ठूलो-सानो, धनी-गरिब, गोरो-कालो हेर्दैन भनिँदै आएको छ । तर यसमा आंशिक मात्र सत्यता छ । संक्रमणको जोखिम सबैमा समान हुँदैन।

    चिकित्सक तथा मानवशास्त्री पउल फार्मरको सन् १९९९ मा प्रकाशित ‘इन्फेक्सन एन्ड इनइक्वालिटी : द मोडर्न प्लेग’ अध्ययनले संक्रामक रोग र महामारीसम्बन्धी नयाँ दृष्टि दिएको थियो ।

    चिकित्सकका रूपमा हाइटीमा एचआईभी/एड्ससँग र पेरूमा टीबीसँग लड्दा गरेको अनुभव र अध्ययनका आधारमा उनले आधुनिक प्लेगको वितरण र परिणाममा गहिरो सामाजिक असमानता रहेको प्रामाणिक निष्कर्ष निकालेका थिए।

    कोरोना-संकटले पनि संसारकै सामाजिक असमानता र विभेदका विभिन्न पाटालाई उदांगो बनाएको छ।नेपालका सन्दर्भमा उमेर समूह, आर्थिक-लैंगिक हैसियत, पेसा, शक्ति र पहुँचका आधारमा फरकफरक समूहले संक्रमण र लकडाउनको कहर कसरी भिन्नभिन्न रूपमा भोग्नुपर्छ भन्ने विश्लेषण यहाँ गरिएको छ ।

    उमेर समूह प्रभाव !

    कोरोना महामारीबाट सबै उमेर समूहका मानिस कुनै न कुनै रूपमा प्रभावित छन् । यद्यपि वृद्ध र बाल समूहमा पर्ने प्रभावहरू विशेष महत्त्वका छन् ।

    हामीकहाँ महामारी र लकडाउनको बहसमा यी समूह ओझलमा परेका छन् । अहिलेसम्म गम्भीर रूपमा संक्रमित बालबालिकाको संख्या निकै कम छ, तर महामारीले यो समूहलाई फरक तरिकाले प्रभाव पारिरहेको छ ।

    नेपालमा धेरै बालबालिकालाई मृत्युको मुखमा पुर्‍याउने निमोनिया, झाडा-पखाला, मलेरिया, कुपोषण र दादुराजस्ता स्वास्थ्य समस्याबाट बच्ने सेवाहरू अहिले नियमित छैनन् । स्वास्थ्य प्रणाली संक्रमण रोकथाममा केन्द्रित रहँदा खोप लगायतका सेवाहरू प्रभावित भएका छन् ।

    निकट भविष्यमा तल्लो सामाजिक तप्काका धेरै बालबालिकाले रोकथाम गर्न सकिने रोगहरूबाट जीवन गुमाउनुपर्ने विकराल अवस्था आउन सक्छ । लकडाउनले बालबालिकाको सिकाइ र शिक्षामा पनि ठूलो प्रभाव पारेको छ ।

    धेरै बालबालिकाका लागि उपल्लो सामाजिक समूहमा जस्तो घरमै पढ्नका लागि कम्प्युटर, ब्रोडब्यान्ड र सीपसहितका अभिभावक छैनन् । यसले पहिले नै गहिरो रहेको शैक्षिक असमानताको खाडल झन् गहिर्‍याउने निश्चित छ ।

    मानवशास्त्री लुइसा कर्टेसीले इटालीमा यो महामारीले ल्याएको अवस्थाको हृदयविदारक वर्णन गरेकी छन् । प्रकोपको इपिसेन्टर रहेको लोम्बर्डियाको बर्गामोमा मृत्यु हुनेमध्ये ९० प्रतिशतले घरमा एम्बुलेन्स पर्खिंदापर्खिंदै इहलीला समाप्त गरेका थिए । यीमध्ये अधिकांश वृद्धवृद्धा थिए ।

    भेन्टिलेटरको अभावका कारण निको हुने सम्भावना (प्रोग्नोसिस) राम्रो भएकालाई प्राथमिकता दिने कठोर निर्णय गर्न चिकित्साकर्मीहरू बाध्य भएका थिए । यस्तो परिस्थितिमा वृद्धवृद्धाले जीवनरक्षक उपचार पाउने सम्भावना अत्यन्त न्यून हुने नै भयो (स्यापिएन्स, अप्रिल ९) । नेपालमा पनि उमेरका आधारमा हुने यस्तो असमानताको निकै ठूलो अर्थ छ ।

    गाउँमा मात्र होइन, सहरमा पनि ठूलो संख्यामा पाका उमेरका आमा-बाबुहरूका साथमा सन्तान छैनन् । नियमित स्वास्थ्यसेवा आवश्यक भएका, दीर्घरोगबाट प्रभावित र एकाकी जीवन बाँचिरहेका यीमध्ये धेरै ज्येष्ठ नागरिकको सुरक्षाजालो (सेफ्टी नेट) निकै कमजोर अवस्थामा छ ।

    रोगले बढी जोखिममा रहेको उमेर समूह ७० वर्षमाथिको छ तर तल्लो आर्थिक-सामाजिक समूहमा भने यसको ‘थ्रेसहोल्ड’ ५५ वर्ष मात्रै छ । संक्रमणको स्थानीय प्रसार सुरु भएसँगै निकै कमजोर सामाजिक सुरक्षा र स्वास्थ्य संरचना भएको हाम्रो देशको यो जनसंख्यालाई निकै कठिनाइ पर्ने निश्चितै छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...