News Portal

  • मोरङको रंगेली नगरपालिका दोहमना बजारको पशु बजार उद्धाटन

    हिमालीसंचार संवाददाता
    १३२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको दक्षिणपूर्वी सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको दोहमना बजार सुविधा सम्पन्न भवन उद्धाटन गरिएको छ।

    मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको  उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुषालले उद्घाटन गरेका थिए ।  

    आयोजित कार्यक्रमको अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १ सय६१ वटा गाउँपालिका तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको बताए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।  

    बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वास्थ्य भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । 

    रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए । सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए ।  रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

    आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।  आयोजित कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद  न्यौपाने, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डाक्टर उमेश दाहाल, विभिन्न वडा अध्यक्ष, सदस्य, बुद्धिजीवी, समाजसेवि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

    रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal