News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पेशा फेरियो तर बादी जातिलाई समाजले हेर्ने नजर फेरिएन !

    हिमाली संचार संवाददाता
    ७०३ पटक

    लक्ष्मी भण्डारी
    सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी भारतको दिल्ली जान थालेको ४ वर्ष भयो। वर्षको धेरै समय उनी दिल्लीमै बिताउँछिन्, केही दिन मात्र घर आउँछिन्। कारण हो, सामाजिक विभेद। ६ वर्षअघि माथिल्लो जातिसँग विवाह भएको थियो, उनको। तर, श्रीमानबाट लगातार चरम यातना पाउन थालेपछि सहन नसकी वैवाहिक सम्बन्धलाई ‘डिभोर्स’मा टुंग्याइन्। उनका एक छोरा पनि उनीसँगै दिल्लीमा बस्छन्।

    “गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिनँ,” कविता भन्छिन्, “छिमेकी र समाजले हाम्रो जात भन्‍नेबित्तिकै फरक नजरले हेर्छन्।” अन्य जातिका व्यक्तिहरू आफूहरूसँग घुलमिल हुन नचाहने उनी बताउँछिन्। “म मात्रै होइन, धेरै साथी गाउँमा बस्‍न रुचाउँदैनन्,” उनी भन्छिन्। कविताका अनुसार बादी समुदायका उनका धेरै साथी दिल्लीमै बस्छन्।

    सोही बस्तीकी पुतली बादी दाउरा बेचेर गुजारा चलाउँछिन्। भन्छिन्, “साँझबिहान दुःख गरेर काम गर्छौं तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेरिन्छ।” अझै पनि समाजको नजर नबदलिएकामा उनलाई चित्त बुझ्दैन। “हाम्रो जातमा पहिले केही व्यक्तिले ‘पेशा’ गरे होलान् तर अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौं,” उनी भन्छिन्, “अन्य जातिका महिलाले यौन पेशा गरे पनि ढुक्कसँग हिँड्न सक्छन् तर हामीले नगरे पनि आरोप खेपिरहनुपरेको छ।”

    बकुला बादी (५६) पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जीविका चलाउँदै आएकी छन्। तर, सामाजिक विभेद देख्दा उनको मन कुँडिन्छ। सोही विभेद र गलत नजरका कारण छोरी र नातिनीहरू भारत जाने गरेको उनी बताउँछिन्। केही वर्ष अघिसम्म बादी समुदायका पुरुषहरू मादल बनाउने र माछा मार्ने गर्थे। छोरीहरूले यौन पेशा अपनाउँथे। तर, अहिले परिस्थिति फेरिएको छ।

    उनीहरू पुर्ख्यौली पेशा छाडेर कृषि र व्यवसाय गर्छन्। “आजभोलि यौनधन्दा अरूले नै गर्छन्,” झुप्रा खोलाकी गीता बादी भन्छिन्, “तर, यौन पेशा भन्‍नेबित्तिकै गिट्टी, बालुवा बोकेर साँझबिहान गुजारा गर्ने हाम्रै नाम पोलिन्छ।”

    सामाजिक दृष्‍टिकोण नबदलिएकामा पार्वती बादीलाई पनि दुःख लाग्छ। महिला अधिकारकर्मी किमशरा खत्रीलाई भने सामाजिक दृष्‍टि बदलिने आशा छ। भन्छिन्, “पहिलेभन्दा अन्य जाति पनि उनीहरूसँग घुलमिल हुँदै आउन थालेका छन्। विस्तारै परिवर्तन हुँदै जान्छ।”

    सिम्ता गाउँपालिका-६ की वडा सदस्य सुक्री बादी आफ्नो जातिलाई हेप्‍ने प्रवृत्ति कायम रहेको बताउँछिन्। भन्छिन्, “जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन्। यसको अन्त्यका लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ।”

    संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्‍न पाउने अधिकारको व्यवस्था गरेको छ। बादी महिलाहरू प्रतिको व्यवहार र दृष्‍टिकोण परिवर्तन नहुनु जातीय विभेदको उदाहरण भएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...