News Portal

गगन थापालाई आक्षेप लगाउने केशव स्थापितको कर्तुत बाहिरियो 

गगन थापासँग टक्कर लिन खोज्दा मन्त्री केशव स्थापितको भाईरल भयो यौनकाण्ड !

हिमाली संचार संवाददाता
१०४९ पटक

काठमाडौं : पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाका पूर्वमेयर एवम् प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसामा परेको आरोप लगाएकी छिन् ।

तत्कालीन एमालेबाट प्रदेश सभामा विजयी भएका स्थापितले आफूलाई १५ वर्ष अगाडि यौन प्रस्ताव राखेको महिला पत्रकार प्रजापतीले आरोप लगाएकी छिन् ।

स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्षअघि भएको यौन दुर्व्यवहार बारे पत्रकार प्रजापतीले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

प्रजापतीले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव पत्रकार प्रजापतीले फेसबुकमा सेयर गरेकी छिन् ।

प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री समेत रहेका स्थापितले ह्यारेस गरेको बारे प्रजापतीले खुलेर लेखेकी छिन् । केशवले अहिले पनि अन्य महिला पत्रकारहरूलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् ।

‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरू ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरूलाई ह्यारेस गरिरहेका छन् । मलाई थाह छ, दर्जनभन्दा बढी महिलाहरूलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो’, पत्रकार प्रजापतीले लेखेकी छिन् ।

प्रदेश ३ का मन्त्री एवम् काठमाडौं महानगरपालिकाका पूर्वमेयर स्थापितले पत्रकार रश्मिला प्रजापतीले आफ्नो मानमर्दन गरेको भन्दै मानहानीको मुद्धा चलाउने धम्की दिएका छन् ।

निर्वाचनका बेला नेपाली कांग्रेस युवा नेता एवम् काठमाडौं क्षेत्र नं। ४ बाट उम्मेदवार बनेका गगन थापाको मानमर्दन हुने गरेर जथाभावी आक्षेपहरू लगाएका थिए । थापालाई स्थापितले बाख्रापालन गरेर भ्रष्टाचार गरेको भनेर आरोप पनि लगाए । तर, कृषि मन्त्रालयले स्थापितले लगाएको आरोपको खण्डन गरिदिएको थियो ।

कांग्रेसका नेताहरूको मानमर्दन गर्दै आएका स्थापित अहिले आएर आफै यौन हिंसाको अभियोगमा आफै फसकेका छन् । उनलाई बचाउन पूर्वएमालेको नेतृत्व भित्रभित्रै सक्रिय भएर लागेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यो स्थापितलाई लागेको यौन हिंसाको बारेमा मौनता साँधेर बसेका छन् । सामाजिक सञ्जालमा पूर्वएमालेहरूको जमेर आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...