News Portal

असल राजनितीक संस्कारको परिचय दिने गरि निर्वाचनको आवश्यकता : चन्द्र थापा

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं – राजनीतिक संस्कार एक प्रकारको अवधारणा हो। यो अवधारणा राजनीतिक भूगोल, आस्था, व्यवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थितिसँग सम्बन्धित नवोदित परिकल्पना हो।

विश्व राजनीतिक इतिहासमा यस परिकल्पनाको विकास दोस्रो विश्वयुद्धपछि विकसित भएको पाइन्छ। राजनीति शास्त्रका शोधकर्ताको अध्ययन र विषयमा अझ बढी स्पष्टता र अनिवार्यताको खाँचो औंल्याएका छन्। सम्पूर्ण नीतिको प्रमुख नीति राजनीतिलाई मानिन्छ।

नेपालको इतिहासदेखि वर्तमानसम्मको राजनीतिक संस्कारको अवस्था हेर्दा पूर्वाग्रह, कलह, विद्रोहको रुपमा विविध राजनीतिक व्यवस्थाको प्रयोग र अवलोकनमा नै बितेको पाइन्छ।

सबै राजनीतिक व्यवस्थाको अवस्था हेर्दा नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका तथा आममानिसहरुमा वितृष्णाको भावनाले डेरा जन्माउने हुन सक्छ।

मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आममतदाताले स्वतस्फुर्त रुपमा आफुले मन पराएको उम्मेदवार रोज्न पाउनु पर्छ।

एकले अर्को लाई गलाउने र गिज्याउने अस्वस्थ राजनितिक प्रतिस्पर्धाको भुमरीमा मतदाता पर्दा जनमतको सहि प्रयोग नहुन पनि सक्छ।

वास्तवकमै निर्वाचन भनेको मतदाताले उम्मेदवारको उन्नत निति र नैतिकता जाच्ने अर्थात् उकृृष्ट नेतृत्व चयन गर्ने  नेतृत्व रोज्ने लोकतान्त्रिक प्रकृया नै निर्वाचन हो र हुनुपर्छ जसबाट मतदातालाई नेतृत्व छान्ने उत्सवको अनुभूति पनि होस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...