News Portal

असल राजनितीक संस्कारको परिचय दिने गरि निर्वाचनको आवश्यकता : चन्द्र थापा

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – राजनीतिक संस्कार एक प्रकारको अवधारणा हो। यो अवधारणा राजनीतिक भूगोल, आस्था, व्यवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थितिसँग सम्बन्धित नवोदित परिकल्पना हो।

विश्व राजनीतिक इतिहासमा यस परिकल्पनाको विकास दोस्रो विश्वयुद्धपछि विकसित भएको पाइन्छ। राजनीति शास्त्रका शोधकर्ताको अध्ययन र विषयमा अझ बढी स्पष्टता र अनिवार्यताको खाँचो औंल्याएका छन्। सम्पूर्ण नीतिको प्रमुख नीति राजनीतिलाई मानिन्छ।

नेपालको इतिहासदेखि वर्तमानसम्मको राजनीतिक संस्कारको अवस्था हेर्दा पूर्वाग्रह, कलह, विद्रोहको रुपमा विविध राजनीतिक व्यवस्थाको प्रयोग र अवलोकनमा नै बितेको पाइन्छ।

सबै राजनीतिक व्यवस्थाको अवस्था हेर्दा नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका तथा आममानिसहरुमा वितृष्णाको भावनाले डेरा जन्माउने हुन सक्छ।

मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आममतदाताले स्वतस्फुर्त रुपमा आफुले मन पराएको उम्मेदवार रोज्न पाउनु पर्छ।

एकले अर्को लाई गलाउने र गिज्याउने अस्वस्थ राजनितिक प्रतिस्पर्धाको भुमरीमा मतदाता पर्दा जनमतको सहि प्रयोग नहुन पनि सक्छ।

वास्तवकमै निर्वाचन भनेको मतदाताले उम्मेदवारको उन्नत निति र नैतिकता जाच्ने अर्थात् उकृृष्ट नेतृत्व चयन गर्ने  नेतृत्व रोज्ने लोकतान्त्रिक प्रकृया नै निर्वाचन हो र हुनुपर्छ जसबाट मतदातालाई नेतृत्व छान्ने उत्सवको अनुभूति पनि होस।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...