News Portal

शहर जान मानेनन् जीतबहादुर, ७४ वर्षमा गाउँमै घरजम

९७४ पटक

विकास मरहट्टा
गोरखा – सिरानचोक गाउँपालिका-४ छोप्राकका जीतबहादुर गुरुङ ७४ वर्ष पुगे । तीन छोरा र चार छोरीका बुबा गुरुङका छोराहरुको शहरमा व्यवस्थित बसोबास छ । छोरा बुहारीले बारम्बार शहर आएर बस्न आग्रह गरिरहन्छन् । तर उनी भने गाउँ छाडेर अन्यत्र जान मान्दैनन् ।

‘तपाईं गाउँमा एक्लै नबस्नु, खाएको हात पनि हामी चुठाइदिउँला आउनुस् भनेर बुहारीहरुले भनिरहन्छन्,’ गुरुङले भने, ‘तर त्यहाँ कैदी जस्तो भएर कोठामै बस्नुपर्छ, बाहिर निस्किए गाडीले चेप्ला भन्ने डर हुन्छ, मलाइ त यही स्वर्ग छ ।’

गत चैत १९ गते रोगका कारण श्रीमतीको मृत्यु भएपछि एक्लिएका गुरुङले बुढेसकालको सहारा भन्दै अर्काे विवाह गरेका छन् । ‘श्रीमतीको मृत्युपछि चिन्ता धेरै भयो, निन्द्रा पनि परेन, चिन्ता भगाउन रक्सी खान्थेँ तर केही उपाय लागेन, म घुत्रुक्कै परे भने पानी दिने मान्छे पनि हुदैन, फेरि आफूलाई फोन गर्न पनि नआउने त्यही भएर साथ खोज्दै अर्काे विवाह गरेको हुँ,’उनले भने ।

आफूले १० पटकसम्म विहे गरेको बताउने गुरुङले पछिल्लो पटक गाउँकै ३३ वर्षकी युवतीसँग विवाह गरेका छन् । ‘पहिलो बिहे हुँदा १६ बर्षको थिए, बुबाआमाले ३० बर्षकी बुढीसँग विवाह गरिदिएका थिए’ जीतबहादुरले सम्भिmए । अहिले दाम्पत्य जीवन राम्रो चलिरहेको उनी बताउँछन् ।

रोजगारको सिलसिलामा उनी भारतको विहारस्थित तामाखानीमा पुगेका थिए । २०५६ सालमा जागिर छाडेर उनी जन्मथलो फर्किए । उमेरले ७४ बर्ष लागे पनि उनको जोश र जागर भने अझै उस्तै छ । भूकम्पले क्षति पुगेको घर पुननिर्माण गरिसके ।

गाउँ छाड्न नसकेका कारण शहर आउन छोराबुहारीको बारम्बारको आग्रहलाई उनले नकार्दै आएका छन् । उनी आˆनै जन्मथलोमा मर्न चाहन्छन् । ‘आफ्ना पुर्खा सबै यही मरे, मलाई पनि यही मर्ने रहर छ,’ उनले भने ।

शहरको सुखसयल जीवनभन्दा उनी गाउँकै परिवेशमा बढी रमाइरहेका छन् । धुलो धुवाले ढाकिएको शहर भन्दा हरियाली र स्वच्छ हावापानी भएको गाउँ नै प्यारो लाग्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...