News Portal

  • जसपाको अध्यक्षमा किन अटाएनन् बाबुराम ?

    बाबुराम संघीय परिषद अध्यक्ष, महतो संसदीय दलको नेता !

    जगन्‍नाथ दुलाल
    ६३५ पटक
    २०७७ जेठ २५, आईतबार

    काठमाडौं – राजपा र संघीय समाजवादी दलले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा औपचारिक रूपमा निवदन दर्ता गराएका छन्। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेर दल दर्ताका लागि निवेदन दिइएको छ।

    दुई अध्यक्ष रहेको सो पार्टीमा तीन जना वरिष्ठ नेता छन्। जसमा पहिलो वरीयतामा अशोक राई छन् भने दोस्रोमा बाबुराम भट्टराई र तेस्रोमा राजेन्द्र महतो छन्। दल दर्ताका लागि भट्टराई समेत अध्यक्ष रहने गरी दल दर्ता गर्ने तयारी थियो।

    तर, राजपाको कार्यालमा बसेको बैठकले अन्तिम टुंगो लगाउँदा पनि निर्वाचन आयोगमा दल दर्ताका लागि गरिने निवेदनमा बाबुरामको नाम अध्यक्षमा अटाएन।

    वरिष्ठ नेतामा पनि उनी राई पछिको बरियतामा छन्। उसो त राजपा र संघीय समाजवादी एकता भएर बन्‍ने दलमा बाबुराम भट्टराई अध्यक्ष बनाउने विषयमा विवाद थिएन।

    बरू उपेन्द्र यादव र राजेन्द्र महतोबिच केही असहमति थिए। उपेन्द्र यादवलाई सेरेमोनियल अध्यक्ष बनाएर आफु र बाबुराम अध्यक्ष बन्‍नुपर्नेमा दाउमा थिए भने महतो ठाकुरलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने अडानमा थिए।

    बाबुरामको नाममा उनको पनि असहमित थिएन। तर, दल दर्ता गर्दा भने बाबुरामको नाम अध्यक्षमा अटाएन। समाजवादी जनता दलको ५३ सदस्यीय कार्यसमिति रहेको छ।

    बाबुराम संघीय परिषद अध्यक्ष, महतो संसदीय दलको नेता !

    दल दर्ता गर्नुअघि सो पार्टीभित्र लामै रस्साकस्सी चलेपनि अन्तत: दल दर्ताको प्रक्रिया अघि बढेको छ। दल दर्ताका लागि तयार निवेदनमा ठाकुरपछि भट्टराईका नाम संघीय अध्यक्षका रूपमा लेखिएपनि पछि टिपेक्स लगाएर मेटिएको थियो।

    स्रोतका अनुसार बाबुराम छिट्टै संघीय परिषद् अध्यक्ष र महतो संसदीय दलको नेता बन्ने भद्र सहमति भएको छ। सोही सहमति पछि आज दल दर्ता भएको हो।

    “छिटै बाबुरामजी संघीय अध्यक्ष र महतो संसदीय दलको नेता बन्‍‍नुहुनेछ। भद्र सहमति नेताहरूबीचमा भएको छ”, समाजवादीका एक प्रभावशाली नेताले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...