News Portal

जसपाको अध्यक्षमा किन अटाएनन् बाबुराम ?

बाबुराम संघीय परिषद अध्यक्ष, महतो संसदीय दलको नेता !

जगन्‍नाथ दुलाल
७५७ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – राजपा र संघीय समाजवादी दलले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा औपचारिक रूपमा निवदन दर्ता गराएका छन्। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेर दल दर्ताका लागि निवेदन दिइएको छ।

दुई अध्यक्ष रहेको सो पार्टीमा तीन जना वरिष्ठ नेता छन्। जसमा पहिलो वरीयतामा अशोक राई छन् भने दोस्रोमा बाबुराम भट्टराई र तेस्रोमा राजेन्द्र महतो छन्। दल दर्ताका लागि भट्टराई समेत अध्यक्ष रहने गरी दल दर्ता गर्ने तयारी थियो।

तर, राजपाको कार्यालमा बसेको बैठकले अन्तिम टुंगो लगाउँदा पनि निर्वाचन आयोगमा दल दर्ताका लागि गरिने निवेदनमा बाबुरामको नाम अध्यक्षमा अटाएन।

वरिष्ठ नेतामा पनि उनी राई पछिको बरियतामा छन्। उसो त राजपा र संघीय समाजवादी एकता भएर बन्‍ने दलमा बाबुराम भट्टराई अध्यक्ष बनाउने विषयमा विवाद थिएन।

बरू उपेन्द्र यादव र राजेन्द्र महतोबिच केही असहमति थिए। उपेन्द्र यादवलाई सेरेमोनियल अध्यक्ष बनाएर आफु र बाबुराम अध्यक्ष बन्‍नुपर्नेमा दाउमा थिए भने महतो ठाकुरलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने अडानमा थिए।

बाबुरामको नाममा उनको पनि असहमित थिएन। तर, दल दर्ता गर्दा भने बाबुरामको नाम अध्यक्षमा अटाएन। समाजवादी जनता दलको ५३ सदस्यीय कार्यसमिति रहेको छ।

बाबुराम संघीय परिषद अध्यक्ष, महतो संसदीय दलको नेता !

दल दर्ता गर्नुअघि सो पार्टीभित्र लामै रस्साकस्सी चलेपनि अन्तत: दल दर्ताको प्रक्रिया अघि बढेको छ। दल दर्ताका लागि तयार निवेदनमा ठाकुरपछि भट्टराईका नाम संघीय अध्यक्षका रूपमा लेखिएपनि पछि टिपेक्स लगाएर मेटिएको थियो।

स्रोतका अनुसार बाबुराम छिट्टै संघीय परिषद् अध्यक्ष र महतो संसदीय दलको नेता बन्ने भद्र सहमति भएको छ। सोही सहमति पछि आज दल दर्ता भएको हो।

“छिटै बाबुरामजी संघीय अध्यक्ष र महतो संसदीय दलको नेता बन्‍‍नुहुनेछ। भद्र सहमति नेताहरूबीचमा भएको छ”, समाजवादीका एक प्रभावशाली नेताले भने।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...