प्रेम ढुकढुकीको तरंग हो
प्रेम हृदयको स्पर्श हो
प्रेम प्राप्ति हो
प्रेम त्याग हो
प्रेम समर्पण हो
प्रेम जीवन हो
प्रेम जगत हो
प्रेम स्वतः पवित्र हुन्छ
यि सबै -सबै परिभाषाभित्र रहेर गरीएको प्रेम
कहिले काँही गलत सावित गर्न ठिङ्ग
उभिएर तगारो बन्दोरहेछ समय !
आँखामा साँचेको मिठो-मिठो सपनाहरु
चैत्र बैशाखको हावा हुरीले कहाँ-कति बेला
निमिट्यान्न उजाड मरुभुमीमा पणिरत गर्दोरहेछ
अनि बग्दोरहेछ बोकेर दोष चुपचाप भेरी नदी !
छुवाछुतको आँधीबेहरी लिएर बस्ति उठेको छ
बस्तिहरुबाट भर्खरै क्रुर समाज जन्मिएको छ
त्यही क्रुरता भित्रबाट मिठो सपना साँचेको प्रेमी
एका-एक सुन्यतामा अस्तित्व समाप्त गर्न पुगेको छ
जिवनको हरेक पलहरु संगै ज्युने सप्तरंगी सपना
क्षणभरमै झर्यामझुरुम सिसा जसरी टुटेको छ
प्रेमको प्रतिफल स्वरुप मृत्यु उपहार लिएर
सदाको लागी छुटेर गएको छ तल-तल भेरीसंगै
बेहुली लिएर फर्कने सपना बोकेर गएको एक हुल जवान
आफ्नै मलामी भएर तर्दैछन बोकेर शोक भेरी नदी
भेरी पारीको बस्तिले गरेको त्यो क्रुरताको कारण
एउटा परेवाको मृत्यु भएको छ
एउटा गुलाफको हत्या भएको छ
सबै फूलहरुले शोक मनाईरहेको बेला
परेवाको मृत्युमा बस्ती उमंग मानीरहेको छ
असमानताको जगमा प्रेमको हार भएको छ
सुनिल दिप्त राई, हाल दक्षिण कोरिया