News Portal

कविता – बग्यो बोकेर दोष चुपचाप भेरी

सुनिल दिप्त राई
६६९ पटक
२०७७ जेठ २३, शुक्रवार

प्रेम ढुकढुकीको तरंग हो
प्रेम हृदयको स्पर्श हो
प्रेम प्राप्ति हो
प्रेम त्याग हो
प्रेम समर्पण हो
प्रेम जीवन हो
प्रेम जगत हो
प्रेम स्वतः पवित्र हुन्छ
यि सबै -सबै परिभाषाभित्र रहेर गरीएको प्रेम
कहिले काँही गलत सावित गर्न ठिङ्ग
उभिएर तगारो बन्दोरहेछ समय !
आँखामा साँचेको मिठो-मिठो सपनाहरु
चैत्र बैशाखको हावा हुरीले कहाँ-कति बेला
निमिट्यान्न उजाड मरुभुमीमा पणिरत गर्दोरहेछ
अनि बग्दोरहेछ बोकेर दोष चुपचाप भेरी नदी !

छुवाछुतको आँधीबेहरी लिएर बस्ति उठेको छ
बस्तिहरुबाट भर्खरै क्रुर समाज जन्मिएको छ
त्यही क्रुरता भित्रबाट मिठो सपना साँचेको प्रेमी
एका-एक सुन्यतामा अस्तित्व समाप्त गर्न पुगेको छ
जिवनको हरेक पलहरु संगै ज्युने सप्तरंगी सपना
क्षणभरमै झर्यामझुरुम सिसा जसरी टुटेको छ
प्रेमको प्रतिफल स्वरुप मृत्यु उपहार लिएर
सदाको लागी छुटेर गएको छ तल-तल भेरीसंगै

बेहुली लिएर फर्कने सपना बोकेर गएको एक हुल जवान
आफ्नै मलामी भएर तर्दैछन बोकेर शोक भेरी नदी
भेरी पारीको बस्तिले गरेको त्यो क्रुरताको कारण
एउटा परेवाको मृत्यु भएको छ
एउटा गुलाफको हत्या भएको छ
सबै फूलहरुले शोक मनाईरहेको बेला
परेवाको मृत्युमा बस्ती उमंग मानीरहेको छ
असमानताको जगमा प्रेमको हार भएको छ

सुनिल दिप्त राई, हाल दक्षिण कोरिया

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...