आज : २०२६-०६-१५, सोमबार

महिनौंमहिना लकडाउन…

वसन्त ऋतुको झरीमा भिज्न डर लाग्यो।
मनका सारा इच्छाहरु दबाउन कर लाग्यो।।

संसारलाई ध्वस्त पार्न निस्केको हो रे ऊ।
मलाई त उसैलाई ध्वस्त पार्ने रहर लाग्यो।।

प्रहार उसको कस्तो अनौठो मान्छे पछ्याउने।
उबाट जोगिन सजिलो त आफ्नै घर लाग्यो।।

महिनौंमहिना लकडाउन भएपनि होस् बाहिर।
आफ्नै सुरक्षा, आफ्नै सावधानीको भर लाग्यो।।

यो भयावह स्थितिमा जोरी खोज्न हुन्न साथी !
हेर्दा सामान्य तर लान्छ अञ्जान थर लाग्यो।।

अस्मिता शाह महत्रा
नेपालगन्ज – १८, बाँके