News Portal

महिनौंमहिना लकडाउन…

हिमाली संचार संवाददाता
११९३ पटक

वसन्त ऋतुको झरीमा भिज्न डर लाग्यो।
मनका सारा इच्छाहरु दबाउन कर लाग्यो।।

संसारलाई ध्वस्त पार्न निस्केको हो रे ऊ।
मलाई त उसैलाई ध्वस्त पार्ने रहर लाग्यो।।

प्रहार उसको कस्तो अनौठो मान्छे पछ्याउने।
उबाट जोगिन सजिलो त आफ्नै घर लाग्यो।।

महिनौंमहिना लकडाउन भएपनि होस् बाहिर।
आफ्नै सुरक्षा, आफ्नै सावधानीको भर लाग्यो।।

यो भयावह स्थितिमा जोरी खोज्न हुन्न साथी !
हेर्दा सामान्य तर लान्छ अञ्जान थर लाग्यो।।

अस्मिता शाह महत्रा
नेपालगन्ज – १८, बाँके

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...