मुक्तक (१)
मैले उकालो हिड्न थालेको वर्षौं भैसक्यो
गन्तव्य भेटिने भ्रम पालेको वर्षौं भैसक्यो
अँध्यारोमा जुन्किरीजस्तै चम्किने रहरमा
आफ्नै उज्यालो खेर फालेको वर्षौं भैसक्यो
मुक्तक (२)
नछोडुँभन्दा पनि केहि याद बाटोमैं छुटिहाल्छन्
केही रहरहरु नसोधेरै कताकता पुगिहाल्छन्।
दबाएर राखुँ भन्छु मनका बैगुनी भावनाहरु।
जतिसुकै निमोठे पनि जुर्मुराएर उठिहाल्छन्।
मुक्तक (३)
देखाईरहोस् समयले झलक यसरी नैं
मौन भईरहुन् यदाकदा सडक यसरी नैं
परिस्थिति अनुरुप बदलिने चेष्टा गर्दै
हेरिरहुँ आफैलाई अपलक यसरी नैं।।
– खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज- १ आदर्शमार्ग, बाँके