News Portal

माईपोखरी: आँसुको दह

हिमाली संचार संवाददाता
५४३ पटक

सपना हराएर
सुनसान खर्कजस्तो जिन्दगीमा
आँखाहरू जलेको लिड बल्ब बनेका छन् !
आफ्नै भरोसा गुमाएर
पोचिएको थुरजस्तो भएको छु
र आफैँमाथि सङ्कालु बादल मडारिरहेछ !
वर्षौँ अगिको कुरा हो
विश्वास टेकाएर
पारूहाङजस्तै अलैँचीका बेर्ना सारेपछि
म झरेको हुँ
भोकको बाह्रखरी पढ्दै – यो चिसो देउरालीमा !

यहीँनेर बज्ने गर्थ्यो
जङ्गली चराहरूको आदिवासी सङ्गित !
यहीँनेर मुर्चुङ्गा फुक्थे
अरब छिरेका लेकहाङ साइँलाहरू !
यहीँनेर बुन्नुहुन्थ्यो
मेरी युमाले पिरती लुकाउने सुकुना पनि !
र यहीँनेर गट्टी खेल्थे
फोक्लैण्ड दुखेका खियामा कान्छीहरू !

धानचमरा झुलेपछि
सहकाल बोलाउने बतास कहाँ गयो
हलेसोका बथान बिच्काएर
हरेक साँझ गुलेली हान्ने केरूङ बाजे कहाँ गए
तन्नेरीसँग धान नाचेर
उत्ताउलिने फुर्लिमाको आलो वैँस कहाँ गयो
अन्तु डाँडामा भारी बिसाएर
हाक्पारे गाउने थकित् दाउरेनीहरू कहाँ गए
र फक्ताङलुङ साक्षी राखेर
यो देशलाई प्रेम गर्ने फेदङ्वाहरू कहाँ गए ?

आज वर्षौंपछि पनि
यो आदिवासी वन उसै गरी रोइरहेछ !
सायद,
सरकार सोच्दै हुनसक्छ
माईपोखरीमा डुङ्गा चलाउने योजना !
बस् !
यत्ति बुझिदेऊ सरकार
त्यो निलो दहमा डुङ्गा तैरिँदा
हाम्रा चिम्सा आँखाहरू किन बिझाउँछन् ?

✍️ – प्रथा

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...