News Portal

राधा भट्टराईका मनै छुने तीन मुक्तक

हिमाली संचार संवाददाता
४८७ पटक

मुक्तक – १

साँच्चै ! आँसुले आँखा चोख्याएर जानेको माया लाग्छ
सालनाल गाडेको माटो जोगाएर जानेको माया लाग्छ
सधैं निसास्न्छि विचलित हुन्छ मन उसैको सम्झनामा
कसम ! संग्लो मुटु चोइट्याएर जानेको माया लाग्छ

मुक्तक – २

उनका कुरा जति सुनेपनि त्यहाँ थकाई थिएन
आकाश जस्तो उध्रिएको हँसाईमा छलाई थिएन
मुहारमा उही सौम्य शालीनता गहिरो भाव थियो
स्वतन्त्र थिए शब्दहरु त्यहाँ कुनै फकाई थिएन

मुक्तक – ३

जसरी देउरालीमा पीपल बर संगै भेटिन्छन्
त्यसैगरी कल्पना अनि सहर संगै भेटिन्छन्
फूलसंग दाँजेर जब कोही प्रशंसा गर्छन भने
यस्तो लाग्छ प्रशंसक र भ्रमर संगै भेटिन्छन्।।

राधा भट्टराई
ईटहरी – ४, सुनसरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...