धाउँदाधाउँदै देश प्रदेश
बाँस घारी फुलेछन्…
कतिखेर बर्षौ बिते
संगिले त साथै भुलेछन् !
जुंगा रेखि थिएअोठमा
पत्तै भैन दारी फुलेछन्…
धेरै हुँदा बिछोड भको
साथिले त नावै भुलेछन् !
दियालो को दियो थियो
झलमल्ल गाँवै बलेछ…
कलिलैथ्यो पिपल बोट
बुढो भइ ड्याम्मै ढलेछ !
कालि थिइ गाँउकि सानि
अाज त्यो करिश्मा भइछ…
अनुहारभरि के के दलि
कति राम्री ब्यूटि भइछ !
घरदेश परदेश धाउँदा धाउँदै
जुंगा दारी फुले छन्…
जमाना हो कि बिवस्ता हो
साथीभाइले नावै भुले छन् !!!
– तपिकुमार सिँह ठकुरी
सिम्ता-४ पिल्क, सुर्खेत।