News Portal

  • नेपाली काँग्रेसको शुभेच्छुक संस्था डीएलएमा योगेन्द्र अधिकारी निर्वाचित

    हिमाली संचार संवाददाता
    १७७३ पटक

    नवलपरासी – नेपाली काँग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन्।

    आइतवार सम्पन्न भएको निर्वाचन पछि रातीबाटै शुरु भएको मतगणना सोमबार बिहान सम्पन्न भएको थियो।अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाए पनि अन्तिममा अधिकारी,केसी र श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए।

    डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो।

    अर्का आकाँक्षी केदार कार्की सभापति देउवा निकट भएपनि उनलाई जिताउने गरि देउवा पक्षको साथ रहेन। बरु उनको उमेद्वारी फिर्ता लिइएपछि देउवा पक्षीय कतिपय नेताहरुले अधिकारीलाई सहयोग गरेका थिए। विगतमा खुम बहादुर खड्का निकट रहेका भनिएका अधिकारीलाई खड्का निकटहरुले पनि समर्थन जनाएका थिए।

    नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा पौडेल र सिटौला एक ठाउँमा नआउन भनेर पनि देउवाले आफ्नो छुट्टै उमेद्वार बनाएर त्यसका लागि लविङ गर्नुभन्दा पनि उनीहरुबीचको अन्तर्द्वन्दमा खेलेको प्रष्ट देखिएको थियो। देउवा निकट केहि नेताहरुले अधिकारीलाई समर्थन जनाएका थिए भने केहि केसीको पक्षमा लागेका थिए।

    अधिकारीलाई काँग्रेस नेताहरु डा शेखर कोइरालाले समर्थन जनाएका थिए। महामन्त्री डा शशांक कोइरालाले पनि अधिकारीलाई समर्थन जनाएका थिए।

    नेपाल ट्रेड युनियन काँग्रेसको महाधिवेशन पछि भएको नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको महाधिवेशनमा फेरि एक पटक प्रधान रुपमा सिटौला हावी देखिएका छन्। ट्रेड युनियनमा उनी निकट पुस्कर आचार्य र उनको प्यानल नै निर्वाचित भएको थियो। नेपाली काँग्रेसको महाधिवेशनमा सिटौला सभापतिको प्रत्यासी हुँदा आचार्य उनका प्रस्तावक नै थिए।
    ट्रेड युनियनको चुनाव लगत्तै भएको डीएलएको निर्वाचनमा सिटौलासँग खास निकट रहेका अधिकारीको विजयले भातृ तथा शुभेच्छुक संस्थामा उनको प्रभाव भने बढ्दै गएको देखाएको छ।

    महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लगेकोछ । प्रदेश संरचनामा जाँदा केन्द्रीय समिति ४३ सदस्यीय बनाउने गरी विधान संशोधन भएको थियो।

    महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना सदस्य २४ जना निर्वाचित गरेको छ।

    प्रतिकृया दिनुहोस्

    सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

    काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न...

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal