News Portal

  • टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की !

    हिमालीसंचार संवाददाता
    २७२ पटक

    एजेन्सी। युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो। जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल”। व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए। जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन्।

    उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका शिक्षक हुन्छन्। सरकारको भ्रष्टाचारविरुद्ध शिक्षकको एउटा फुटेज उनका विद्यार्थीले बनाउँछन्। उक्त भिडियो भाइरल हुन्छ। जसका कारण ती शिक्षक राष्ट्रपति जित्न सक्छन्।

    शिक्षकबाट राष्ट्रपति बनेर देशलाई कायापलट गर्न थालेको टीभी सिरिजहरु लगातार बनाउँछन् जेलेन्स्कीले। २०१६, २०१७ र २०१८ मा पनि उक्त सिरिज बन्छ। ‘सर्भेन्ट अफ द पिपल’ टेलिभिजन सिरिज लोकप्रीय हुन्छ। यही लोकप्रीयताबाट उत्साही भएर जेलेन्स्कीले सन् २०१८ मा पार्टी दर्ता गर्छन्। त्यसको एक वर्षपछि जेलेन्स्की फिल्मी शैलीमा युक्रेनका राष्ट्रपति निर्वाचित हुन्छन्।

    टीभी सिरियलमा राष्ट्रपति बनेका जेलेन्स्की आश्चर्य जनक ढंगले लोकप्रीयताको चुलीमा पुगी निर्वाचित छन्। धेरैका लागि यो एउटा चमत्कार नै थियो। टीभि सिरिजले उनलाई राष्ट्रपति बनाउन सक्यो।

    जेलेन्सकीले राजनीतिक महत्वाकांक्षाले नै योजनावद्ध तरिकाले टीभी सिरिज बनाएको पछि खुल्यो। वास्तवमा उनी राष्ट्रपति बन्न चाहन्थे र त्यसका लागि माहोल तयार गर्दै थिए। यसका लागि आफ्नो अभिनयकलालाई भरपूर प्रयोग गरे। हाँस्यकलालाई जनताको मत जित्न उपयोग गरे।

    २०१९ मा जेलेन्स्की राष्ट्रपति निर्वाचित भए। सिरियलका राष्ट्रपति यथार्थमा राष्ट्रपति बन्न सके। जेलेन्सकी राष्ट्रपति बनेपछि रुससँगको सम्बन्धमा झन् तनाव बढ्न थाल्यो। रुसले युक्रेनमाथि दबाब बढाउन थाल्यो। जेलेन्स्की भने फिल्मी शैलीमा नायक बन्नतर्फ लागे। लोकप्रीय बन्ने गरी काम गर्न थाले। राष्ट्रवादको मुद्दालाई जोडतोडले उठाउन थाले।

    युक्रेनलाई नाटोमा जोड्न खोजे। त्यसलाई रुसले रुचाएन। दबाब बढाइरह्यो। अन्तमा रुसले युक्रेनलाई घेर्न थाल्यो। सीमामा सैनिक खटायो। जेलेन्सकी झन् राष्ट्रवादी अभिव्यक्ति दिन थाले।

    सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गर्नुअघि जेलेन्स्कीले फिल्मी शैलीमै युक्रेनको शक्ति र सामथ्र्यबारे जनतामाझ सन्देश छरिरहेका थिए। उनको बोलीबाट युक्रेनीहरु विश्वस्त भए।

    रुसले युक्रेनलाई सुरुमा विभाजित गरायो। दुई वटा राज्यको स्वतन्त्रतालाई स्वीकार गर्यो। त्यसपछि युक्रेनमा हमला गर्न थाल्यो। जेलेन्स्कीले अमेरिकालगायत यूरोपेली युनीयनले आफ्नो देशलाई युद्धमा प्रत्यक्ष साथ दिने ठाने। तर, कोही पनि प्रत्यक्ष युद्धमा आएनन्।

    युक्रेनका धेरै शहरहरुले ठूलो क्षति भोग्दै गए। हजारौंको ज्यान गयो। रुसविरुद्ध अमेरिका, बेलायतलगायतका यूरोपका देशहरु कोही पनि युद्धमा सहभागी हुन तयार भएनन्। अन्तमा जेलेन्स्कीले अमेरिकासहित नाटोलाई युक्रेनविरुद्ध हमलामा ग्रीन सिग्नल दिएको भन्दै कठोर टिप्पणी गरे।

    युक्रेन जलिरह्यो। टीभि सिरिजका राष्ट्रपति जेलेन्स्की साँच्चैको राष्ट्रपति बने। तर, युक्रेनलाई उनले फिल्मी शैलीमा रुसी हमलाबाट जोगाउन सकिरहेका छैनन्। उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जेलेन्स्कीलाई व्यङ्ग्य गर्दै युद्ध हलिउडको फिल्ममा जस्तो नहुने भनिरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...