News Portal

सुवास राईको पीडाः आर्थिक अभावका कारण उपचारमा समस्या

सुवासको पीडा: उपचार नगरौं बसिसक्नु छैन, गरौ पैसा छैन

हिमालीसंचार संवाददाता
९४४ पटक

उर्लाबारी – ‘उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहार र जिउभरी दर्दनाक मासुको डल्लो बढेर दैनिक जीवनयापन गर्न नै समस्या भइसक्यो।’

यो पीडा हो मोरङको मिक्लाजुङ गाउँपालिका-५ खोलीटारका ३५ वर्षीय सुवास राईको । आर्थिक स्रोत नभएका कारण उनले आफ्नो शरीरमा पलाएको मासुको डल्लोको उपचार गर्न सकिरहेका छैनन्।

राईको शरीरका प्रायः सबै भागमा छाला डल्लो पोको परेको छ, पलाएको छ। घाँटीदेखि पछाडि डाढमा मासुको डल्ला झोलिएको छ। दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्ला बढी रहेको छ ।

अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको राई बताउछन् । सुत्न, बस्न नमिलेर छटपटी–छटपटी रात काट्दाको सकस भनि साध्य छैन्। आफ्नो शरिरमा पलाएको मासुको डल्ला बढेर  अनुहार नै कुरुप देखिएको भन्दै उनलाई हिड्डुल गर्न पनि खासै मन लाग्दैन । कोल्टे परेर सुतेको वर्षौ भइसक्यो। यसरी सुत्दा निन्द्रा पनि लाग्दैन उनी भन्छ्न, ‘छटपटी र अनिदोमा रात दिन बित्ने गरेको छ।’

शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा गर्नथालेपछि कक्षा-७ पढेर छोडेको उनी बताउछन् । विधालय जादा ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जान छाडेँ। सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके म आफ्नो शरिरमा उम्रिएको मासुको डल्ला हेरेर टोलाईरहेको छु’, उनको गुनासो छ।

आमा बितेपछि बुवा र भाइसँग बस्दै आएका उनको उपचारका लागि अस्पताल जाने कुनै आर्थिक स्रोत छैन। वर्षैदेखि यस्तै पीडा सहेर उनले बस्नु परेको छ। कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन। सानै छँदा अनुहारमा गाठागुठी देखिएको थियो। अहिले उक्त गाठागुठी ठूलो भयो। उनले भने,’उपचार पाए काम गरेर खानेथिए।’

दिनदिनै सुवासको शरीरभरी मासुको डल्ला फैलिन थालेपछि स्थानीय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न  सुरु गरेको स्थानीय युवा शंकर बजगाइले बताए। ‘उपचार सम्भव रहने चिकित्सकहरुले बताएको कारणले हामीले सहयोग संकलन गर्न सुरु गरेको छौं,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथसहयोग गर्न आग्रह गर्दछु।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...