
गजेन्द्र खालिङ/खोटाङ – खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं. ६, हौचुर स्थित किरात समुदायको धार्मिक, सास्कृतिक र महत्वपूर्ण आस्था एंव् किरात राजाको ऐतिहासिक कोटगढी दरबार ओझेलमा परेको छ ।
खोटाङ जिल्लाको हौचुर स्थित कोटगढी अर्थात प्रीमा कोटगढी नामले परिचित एतिहासिक कोटगढी किराती राजा कुम्राहाङ किराती राजाले राज्य गरेको गढी हो । मुन्धुमवीद नक्छो तुलबहादुर राईका अनुसार यस इलाकामा अझै पनी युद्धका क्रमम प्रयोग भएका बंकर, धणुकाड र दरवारका अवशेष रहेको छ।
स्थानीय जानकारहरुका अनुसार किराती राजाले दुस्मनसंग प्रतिकार गरेका थिए । पछिल्लो समय विभिन्न समुदायका गैरकिरातहरु लगायदका समुदायको बस्ति बिस्तारसंगै यो डाडालाई देउराली डाडा चर्चामा आएपछि कोटगढी दरबार विस्तारै पछिल्लो कालखण्डमा ओझेलमा पर्दै गएको हो। यसरी किरात सभ्यता र संस्कृतिक महत्वको ऐतिहासिक कोटगढी संरक्षण र सम्वर्द्धनको अभावमा ओझेल परेको छ ।
एतिहासिक एंव् किरात समुदायहरुको धार्मिक महत्व, सास्कृतिक पहिचानसंग जोडीएको भूमेथान संरक्षण, सम्वर्द्धन र उत्थानका लागि सम्बन्धित निकायको ध्यान जान नसकेका कारण किरात समुदायका महत्वपूर्ण कोटगढी ओझेलमा परेको हो ।
स्थानीय भूमेथानका मुल पुजारी नक्छो तुलबहादुर राई (गैरा घरे) विगत १८ बर्षदेखिका एक मात्र पुजारी हुन्। नक्छो गैरा घरेका अनुसार इतिहासको कालखण्डमा बैशाख पुर्णिमा र मंसिरे पुर्णिमा गरी बर्षको २ पल्ट उधौली साकेला र उभौली साकेला पुज्दै आएको बृतान्त सुनाउदै यो भूमेथानको पृथक कहानी सुनाउछन् । उनी इतिहास कोट्याउदै ढोल-झ्याम्टा बजाउदै मुन्धुमी सीलीका साथमा भुमे पुज्दा नक्छोलाई नै विचलित बनाएको कहानी सुनाउछन् ।
सुरुमा भूमे पुज्दा ढोल-झ्याम्टा बजाउदै मुन्दुमी परम्परागत भुमे पुज्दै आएका समुदायले पूर्वमा लुम्झु खोला र पश्चिममा लोचा खोलाले छेकेको ८ पहरी किरातीहरुले भुमे निकाल्ने र सीली नाच्ने प्रचलन रहेको थियो। यसरी ढोल झ्याम्टा बजाउदै मनाउने साकेला चाड भूमे मनाउने किरातीहरुमा खरबारीका ३ पहरी मध्येका बर्म ध्वज राईले एक पहरी भुमे निकालेका थिए। बैशाखे पूर्णिमा पश्चात ती मुन्दुमबीद नक्छोको ४ महिना पछि मृत्यु भएको थियो।
त्यस्तै, अर्को पहरी पल्ट धामी साइलाले पनी भूमे निकाल्न नाच्दै आएका थिए। उनको पनी ४ महिनापछि मृत्यु भयो। तीन पहरी पल्ट पुराउनै पर्छ भनी धामी साईलाको आफ्नै भाईले भूमे निकाल्न आएका थिए । उनको पनी ४ महिना पछि मृत्यु भएको थियो। यसरी क्रमश विस २०१८ सालसम्म निरन्तर भूमे पुज्ने प्रचलन रहेको थियो। तर दूखद धटना क्रमले गर्दा त्रसित किरात समुदायले ३ बर्ष सम्म भूमे पुजा गरेनन् ।
यस क्षेत्रका यो भूमे ज्यादै शक्तिशाली र खतरनाक रहेको हुदा मुन्धुमी नकछोहरुले भूमे निकाल्न खोज्दा त्रसित समुदायले भूमे नपुज्दा त्यो बर्ष पुरै खडेरी लागेर गाउमा अन्नबाली नहुदा हाहाकार अनिकाल छाएको थियो ।
त्यसपछि करिब ३ बर्षपछि भूमे पुज्दा स्थानीय मुन्धुमवीद, जानकारहरुका अनुसार जब भूमे पुजेपछि समयमा पानी पर्ने, बालीनाली सप्रिने र अन्नबाली राम्रो उत्पादन हुन थालेपछि बार्षमा २ पल्ट भूमे पुजा हुदा स्थानीय गैरकिरातहरुले समेत कुखुराको भाले, धान, कोदो लिएर भूमे पुजा हुदा भूमेथान जान थालेका थिए । तर लामो समयपछि दम्कुले मुन्धुमवीद नक्छोले बर्षमा एक पटक उभौली अर्थात् बैशाख पुर्णिमाको पञ्चमीका दिन भूमे पुजा गर्न थालेका थिए । तर केही समयपछि दम्कुले मुन्धुमवीदले पनी यो भूमे ज्यादै खतर्नाक/कालो भूमे रहेको बताउदै आफुलाई नै खतरा भएकाले भूमे पुजा गर्न छाडेका बताएका थिए ।
यसरी यो भूमे पुज्न ज्यादै खतरा रहेको नक्छोहरुले बताएका हुदा पछिल्लो समयमा भूमे पुज्दा ढोल-झ्याम्टा बजाउदै नक्छोले पुज्न छाडेको स्थानीय मुन्धुमवीद, जानकार भैमान राईले बर्षको एक दिन बैशाखे पूर्णिमाको पञ्चमीका दिन भूमे पुजा गर्न थालेका थिए।
पछिल्लो समय यो भूमे पुजा स्थानीय मुन्धुमवीद हर्कधन राईले ३ बर्षसम्म भूमे पुजा गरेका थिए । अहिले हर्कधन राईका छोरा मुन्धुमवीद तुलबहादुर राईले १८ बर्षदेखि समयअनुकुल होस, प्रकृति सहज बनोस भनेर भूमे पुजा गर्दै आएका छन् ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
