News Portal

गजल

हिमाली संचार संवाददाता
६५५ पटक

ए ! जून ! तिमी नि ! मुस्कुराउँदै आऊ अब,
काला, ती बादलमा, ज्योति छाऊ अब !

चम्किएर लाखौँ तारा, धरतीमा के भो ?
को महल चढ्ने, केवल त्यही दाउ अब !

पारी चकनाचुर सपना, उड्दै चीलहरु !
हुँदैनन् निको, उत्पीडनका घाउ अब !

“साइलेन्ट किलर”न हुन, हाम्रा धरोहर !
बन्दैछन् कोरोना,क्यान्सरका बाउ अब !

उठ, हटाऊँ कालो बादल, ए ! जून तिमी !
निष्पट्ट ती विचारमा,ज्योति छाऊ अब !

बगिरहेछ युग, इन्द्रावती झैँ भाव बोकी !
अबोला ! छोड मोल्न, सामन्त पाउ अब !

चढाउन परे, चढाऊ बरु, आहुती जीवन !
फाटे मन, विभेदले, सद्भाव छाऊ अब !!

✍️- महिमा शर्मा
ललितपुर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...