News Portal

बिनु घलेका चार (४) मुक्तक

हिमाली संचार संवाददाता
१०९३ पटक

मुक्तक – १

सेताम्मे थिए म तिम्लाई कात्रोमा लाने बेला
आँशु संगै पीडाको पोको गास खाने बेला
लुटेर लग्यौ सबै घृणित र अलच्छीनी भाछु अचेल
स्वार्थी रैछौ खोस्यौ सिन्दुर नी आफु जाने बेला।

मुक्तक – २

जवानीले बैंश छल्किएको बेला
लोभी ती भवरा पल्किएको बेला
सम्हालेर राख अधरको प्यास भन्यौ
तिर्खाएर प्यासी ढल्किएको बेला।।

मुक्तक – ३

दुख पछी सुख आउछ मान्छे कीन मान्दैन
गुणको बदला गुण दिन मान्छे किन ठान्दैन
भर्न पाए पोल्टो भर्छ आफ्नै अरुलाई मारेर
बेरिनू पर्छ भोली कात्रोमा मान्छे कीन जान्दैन।।।

मुक्तक – ४

एकान्तमा जिउने अब बानी परिसक्यो
जिन्दगानी मेरो अब कहानी बनीसक्यो
भन्छौ तिमी खेल्नु पर्छ उमंगको छालमा
मेरो त हेरन अब जवानी मरीसक्यो।।।।

– बिनु घले
सिम्ता गाउँपालिका – ९ खानीखोला, सुर्खेत।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...