News Portal

गैर आवासीय नेपाली दिवस !

सुयोग ढकाल
६५२ पटक
२५ असोज २०७६ काठमाडौं।

मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमाना भित्र मान्छे सकूंचीत भएर बस्दैन। चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ।

अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ। यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं।

प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, “नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ,” जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलाई पनि बुझाउँदछ।

सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवास गर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विद्यार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ।

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ। चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ।

अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ। हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ। गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ।

आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर प्रविधीको आयात या लगानीको अवसर का लागि यसै आलेख मार्फत हाम्रा गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आव्हान पनि गर्दछौं। हाम्रो माटो हामीले नबनाए कहाँ बन्छ र ?

देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...