– प्रीति अर्याल
याे युगको प्रभातमा
मलाई एक्लो छाेडेर
गएपछि तिमीले
म टुहुराे भएको छु
किन अामा……?
तिमी मलाई भन्दा
ती जुनहरुलाई माया गर्छाैं
जुनलाई भन्दा ताराहरुलाई
अाैधि माया गर्छौ
र त तिमी मलाई छाेडेर गयौं
कहिल्यै नफर्कने गरि
यो प्राणकाे डाेरी चुडालेर गयौं
तिमी गए पछि
प्रत्येक दिन सेताे कागज जस्तै
उदाङ्गाे भएको छु
तिमी मेरो संसार थियौ
थियौ मेरो जिन्दगी अामा
तर अचानक
समयकाे बिकराल हुरिहरुले
बाध्यताका तुफानहरुसँगै
काँडाका गाेरेटाहरुमा पर्छायाे हाेला तिमीलाई
पिडा वियोग सहन नसकेर
छातीमा पिटीपिटी राेएकी थियौ
राेएकी थिए म तिमीसँगै
धेरै राेएँ पछि निदायाैं तिमी
कहिल्यै नफर्कने गरि
तिमी निदाएँ पछि
म एक्लाे भएँ ,एक्लो उभिँरहे
तिम्रो पर्खाईमा अबेर साँझसम्म
नअाए पछि तिमी
म टुहुराे भएको छु
अाँगनकाे डिलमा लथालिङ्ग
जाेडि चप्पल हेर्दै सम्झिरहेछु
तिमीले घुमाएकाे सेल राेटी
अनि साेँचिरहे छु
तिम्रो चप्पल र म उस्तै भएका छाै
लथालिङ्ग
तिमीले छाेडेर गएपछि
म टुहुराे भएको छु
हेर त अामा
म धेरै भाेकाएकाे छु
सेती किनारमा बसेर
तिम्रो अस्तु बगाईरहेकाे
पानीको वहाबलाई साेध्थे
साेध्थे नदिकाे किनारमा
अामाकाे लाशलाई दागबत्ती दिदै
गरेका अाँसुहरुलाई
उ पनि देखाई दिन्थ्याे।
तिमीसँगै रहेका केही मलिन ताराहरुलाई
उडिरहेको धुँवाकाे मुस्लोलाई
केही अवशेषहरुलाई
छाेडेर गएपछि त्यहीँ अवशेषहरुले पनि
उ टुहुराे भएको छ
म जस्तै ……………..
केबल म जस्तै ……।।