News Portal

  • मोरङ जिल्लाको रंगेली नगरमा छाडा कुकुर बन्ध्याकरण अभियान शुरु

    हिमालीसंचार संवाददाता
    १२३ पटक

    रबिन्द्र बराल/मोरङ – सामुदायिक छाडा कुकुरहरुको संख्या बढ्दौ  जाँदा रंगेली नगरपालिकामा दिनप्रतिदिन समस्या बढ्न थाले पछि छाडा कुकुरको बन्ध्यकरण नगरपालिकाले शुरु गरेको छ।

    शुक्रबारदेखि तीन दिन बन्ध्याकरण शिविर सन्चालन हुने भएको छ । रंगेली नगरपालिकाको सहयोग तथा नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी, सुनसरीको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको पशुपंक्षी शाखाले जनाएको छ । 

    सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर गरि बन्ध्याकरण गरेको बताए । मानिस र कुकुको सम्बन्ध नजिक भएपनि समुदायमा कुकुरको संख्या अत्याधिक बढ्दा कुकुरबाट रेविज लगायत अन्य रोग लाग्ने भएकोले कुकुरको संंख्या घटाउनकै लागि बन्ध्याकरण थालिएका बताए ।  

    कुकुरको बन्ध्याकरणमात्र नभएर रेविजको इन्जेक्सन समेत लगाउने पशु स्वास्थ्य शाखा प्रमुख दिपक भट्टराईले बताए । सामुदायिक कुकुरको कारण रंगेली नगरपालिकाको वडा नम्बर ७ मा दुईवटा बालिकाहरुलाई कुकुरले आक्रमण गर्नुका साथै गाई, बाख्राहरुलाई समेत टाेकेर घाइते समेत बनाएको थियो । सडकमा आवतजावत गर्ने माेटरसाईकल तथा पैदल यात्रीहरुलाई समेत कुकुरहरुले आक्रमण गर्ने गरेको छ ।

    सवारी दुर्घटना हुने थालेपछि यसको नियन्त्रणको लागि कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशु चिकित्सक भट्टराईले बताए । उनले सडक तथा समुदायमा रहेका कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप अभियानलाई अगाडि सारे अनुरुप यो कार्यक्रमका आयोजना गरेको बताए ।  

    रंगेली नगरपालिकामा पहिलोपटक  बन्ध्याकरण  गरिएको हो ।  उनले सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरले मानवलाई भौतिक आक्रमण गर्दा कुकुर मार्ने अभियान नै चलाउने गर्छन, यो गलत भएको बताए । उनले भने–‘अहिले पशु संरक्षणमा लागेकाहरुले पशुको हत्या गर्नु ठीक होइन भनिरहेको समयमा संख्या घटाउन यही नै उपयुक्त प्रयोग भएकोले हामीले यसलाई प्राथमिकतामा राखेर बन्ध्याकरणलाई निरन्ता दिएका हौं। 

    पछिल्लो समय विभिन्न सहरमा सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर मार्ने गरिएको थियो । यसरी पशुलाई विष सेवन गराएर मार्न नहुने आवाजहरु वेला वेला उठिरहदा  रंगेलीमा भने यस प्रकारको शिविर सञ्चालन भएकोमा पशु अधिकारवादीहरुले स्वागत योग्य काम भएको बताएका छन् ।  

    रंगेली नगरपालिकाले पहिलो चरणमा १ सय ८० वटा भालेपाेथी कुकुरहरुको बध्याकरण गर्ने नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी, सुनसरीका डग नियन्त्रण प्रमुख लाेकराज बिष्टले बताए । सो टिममा डाक्टर सुर्य नारायण साहको टाेलिमा १८ जना युवाहरु अहिले कुकुर नियन्त्रण लिनेदेखि अप्रेशन गर्न लागि परिरहेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साउन ४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, विदेश भ्रमण र विकास साझेदारीलाई प्राथमिकता

    काठमाडौं, साउन ७ – सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित १० वटा महत्वपूर्ण...

    निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

    काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको...

    बाढीले बगायो ताप्लेजुङको बेलिब्रिज, अरुण नदी आसपास सतर्कता अपनाउन प्रशासनको अनुरोध

    ताप्लेजुङ, साउन ७ – ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज...

    आज २०८२ साल साउन ७ गतेको राशिफल

    आज साउन ७, २०८२ (जुलाई २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...