News Portal

जालपादेवी

तपिकुमार सिंह ठकुरी
८१८ पटक

सुर्खेत, सिम्ता। कुनै समयमा अहिलेको भारतको राजस्थानमा एउटा सुन्दर राज्य रहेछ। सबै कुराको सम्पन्न राज्य रहेछ। उक्त राज्यमा एक पटक बिसाल अति वृष्टि भयो। बर्षा यति भयानक थियो कि सारा गाँउबस्ति जलमय भयो मानिसहरूको भागाभाग भयो सयौं पशुचौपाया पानीले बगाएर लग्यो। हाहाकार मच्चियो। तरै पनि पानी पर्न रोकिएन।

“पानिको बहाव तेज र गहिरो बनिसकेको थियो। न डोरीले तान्न सकिन्थ्यो न लौरोले। माता पार्वती बग्दै गएर एउटा गहिरिएको पानीको तलाउमा डुबिन्। गाउँलेको बिच एक जना माछा मार्ने माझि पनि रहेछ्। उक्त माझिले हतपत राजालाई भन्यो- सरकार! जाल छ भने जाल दिनुहोस् भन्यो, राजाले दरवारमा राखेको जाल ल्याएर माझिलाइ दिए। माझिले जालको डोरी हातमा बेरेर माता पार्वती डुबेको स्थानमा झ्वाम्म जाल फाल्यो र जाललाई बिस्तारै पाखा तान्यो जाल भित्रपारे माता पार्वतीलाई पाखा तानियो। जाल हटाइसकेपछि बर्षा रोकियो। सबैको मुहारमा खुशियाली छायो।”

 

सारा गाउँलेहरुको ज्यान बचाउन हैरान भएको थियो। सबै गाँउलेहरु सुरक्षित स्थानमा जम्मा भए। अब के गर्ने सारा गाँउवस्ति जलमय भइरहेको थियो। अन्त्यमा राजा समक्ष जाने निर्णय गरेर रुदै कराउँदै राजाको दरबारमा जम्मा भए। राजा पनि आत्तिएका थिए। यो मेरो राज्यमा के अनर्थ भयो भनेर चिन्तित थिए।

सबै गाँउलेहरु ले राजा समक्ष बिन्ती चढाय-महाराज! हामी बर्बाद भयौ, सारा पशुचौपाया, अनाज, सर-सम्पति सबै बर्षादले खतम पार्यो। अब हामी सरकारको भरोसामा छौ महाराज! केही गर्नु परयो। राजा प्रजाहरूलाई सान्त्वना दिदै- यो परकृतिको आबेग हो म के नै गर्न सक्छु र जे गर्छन महादेव शिबजीले गर्छन। सबैले एकै आवाजले भने- महाराज! जे गर्नु पर्ने हो छिट्टै गर्नु पर्छ नत्र यो शेष रहेको जमिन पनि पानीमा बिलहिन हुने वाला छ। राजाले भने- लौ सबै मिलेर शिवजीको आराधना गरौ भनेर पुजापाठ गर्न शुरू गरे।

“राजाले हात जोड्दै-हे ! माता तिम्रो जय होस् अब तिमि को हौ भगवति, महाकाली, दुर्गा तिमिलाई कुन नामले पुकारौ माता! माता मुस्कुराउँदै बोलिन जुन नामले बोलाउन मन छ बोलाउ तर मैले जे भन्छु त्यो गर्यौ भने तिमि र तिम्रो आउदा पुस्ता सबैलाई फलिफाप मिल्ने छ। राजा माताको चरनमा शीर राख्दै-माता ! तिम्रो नयाँ उत्पति जाल भित्रबाट भएकोले आजबाट तिमिलाइ जालपा भनेर चिन्ने छौ, पुज्ने छौ। माता जालपाले पनि मुस्कुराउँदै अबस्य! भनेर आसिर्बाद दिदै- हेर! मलाइ रुखको छाँया मनपर्छ, चोखो ठाउँमा मेरो मन्दिर निर्माण गरेर गेरु रंग र चन्दन रंगले मेरो मन्दिर पोत्नु अनि अष्टमीको दिनमा पुजा पाठ गर्नु र पशुचौपाया, धनसम्पत्ति, मनोकामना सबै पुर्ण हुनेछन्। भनेर माता जालपा नजिकै रहेको काठको मौलामा बिलिन भइन्।”

 

कैलाशमा सिबस्तुतिको आवाज पुग्यो। शिवजी ध्यान बस्ने तरखरमा हुदा पार्वतीलाई भने-हे ! पार्वती मेरो ध्यानको बेला भएको छ, कोही मनूस्यहरु आपतमा परे जस्तो छ तिमिले हेर्नु भनेर शिवजी ध्यानमा लिहिन भए।

शिवजीको पुकार भक्तिभजन सुनेर माता पार्वती राजाको दरबारमा प्रकट भइन्। राजालाई सोधिन-महाराज! तिम्रो शिव भक्तिले म प्रसन्न भएर तिमीलाई दर्शन दिए, भन के समस्या छ ?
राजा माता पार्वतीको चरन समिपमा शीर नमन गर्दै-हे माता! मेरो राज्य संकटमा छ यो अति बृष्टिको कारण मेरा प्रजाका घर, पशुचौपाया सबै बगाएर बेघर बनाइ दियो। यो विनास बृति तपाईंले नै रोक्न सक्नुहुन्छ भने।

माता पार्वतीले राजालाई भनिन्-हे! महाराज म अहिले केहि गर्न सक्दिन। म कैलाशमा जान्छु र आउँदा झरीसँगै झरेर बग्दै आउने छु मलाइ तिमीहरूले पाखा तान्नु भनेर पार्वती अन्तरध्यान भइन।

केहि समयमै उनि पानिमा बग्दै आएको देखिइन्। राजा आत्तिदै दौडदै पाखा तान्न गए तर कसरी तान्ने राजाले पनि सोधेनन् र पार्वतीले पनि बताइनन्। पानिको बहाव तेज र गहिरो बनिसकेको थियो। न डोरीले तान्न सकिन्थ्यो न लौरोले। माता पार्वती बग्दै गएर एउटा गहिरिएको पानीको तलाउमा डुबिन्। गाउँलेको बिच एक जना माछा मार्ने माझि पनि रहेछ्। उक्त माझिले हतपत राजालाई भन्यो- सरकार! जाल छ भने जाल दिनुहोस् भन्यो, राजाले दरवारमा राखेको जाल ल्याएर माझिलाइ दिए। माझिले जालको डोरी हातमा बेरेर माता पार्वती डुबेको स्थानमा झ्वाम्म जाल फाल्यो र जाललाई बिस्तारै पाखा तान्यो जाल भित्रपारे माता पार्वतीलाई पाखा तानियो। जाल हटाइसकेपछि बर्षा रोकियो। सबैको मुहारमा खुशियाली छायो। राजाले हात जोड्दै-हे ! माता तिम्रो जय होस् अब तिमि को हौ भगवति, महाकाली, दुर्गा तिमिलाई कुन नामले पुकारौ माता! माता मुस्कुराउँदै बोलिन जुन नामले बोलाउन मन छ बोलाउ तर मैले जे भन्छु त्यो गर्यौ भने तिमि र तिम्रो आउदा पुस्ता सबैलाई फलिफाप मिल्ने छ। राजा माताको चरनमा शीर राख्दै-माता ! तिम्रो नयाँ उत्पति जाल भित्रबाट भएकोले आजबाट तिमिलाइ जालपा भनेर चिन्ने छौ, पुज्ने छौ। माता जालपाले पनि मुस्कुराउँदै अबस्य! भनेर आसिर्बाद दिदै- हेर! मलाइ रुखको छाँया मनपर्छ, चोखो ठाउँमा मेरो मन्दिर निर्माण गरेर गेरु रंग र चन्दन रंगले मेरो मन्दिर पोत्नु अनि अष्टमीको दिनमा पुजा पाठ गर्नु र पशुचौपाया, धनसम्पत्ति, मनोकामना सबै पुर्ण हुनेछन्। भनेर माता जालपा नजिकै रहेको काठको मौलामा बिलिन भइन्।

राजाले जालपा बज्यैले भने अनुरूप हरेक कुरा गर्दै गए। त्यो राज्यमा जालपा बज्यैले फेरि जस्तो खुशियाली राज्य थियो पुनः उस्तै बन्यो। जय! माता जालपा बज्यै नम:।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...