गरीबको सपनाहरु
भेरी नदी संगै सलल बगेर जादा
भेरी नदी तिमी रोयौ कि, रोएनौ ??
ठुलो आवजमा हत्यारा हुलहरु
किनारै किनार उर्लिदा
निर्दोश आमाहरुको अमुल्य आशुमा
बेस्सरी सुसाउदै छालहरुमा पछारियौ होला।
हजारौ हजार सपनाका यौवन फूलहरु
तेसै-तेसै नदिमा बगेर जादा
भेरी तिमी अशान्तिमा भंगालियौ होला,
निश्चल मायामा
जातहरुको बिषमा उम्रीएको काडाहरुले
निर्दोष मनहरुलाई पल पल घोच्दै
चैत महीनाको डढेलो झै
आमाको काख जलाउदै
बगरै बगर कुद्ने जिउदो मलामीहरुले
तिमी संगै बगाउदा,भेरी तिमी रोयौ नि!
गोधूली साँझ झुपडीको डीलबाट आमा हेर्दा हेर्दै
तल तल किनारै किनार
छोराहरु जस्तै घर फर्किदै गर्ने मानिसहरु
अध्यारोले झपक्कै छोपेर बेपत्ता बनाउदा
आमा रुन्छिन र भेरी जस्तै बगेको आशुले
तिम्रो दु:ख छोयो कि छोएन
आमा रुदा भेरी तिमी भित्र भित्रै
सुसाउदै बेस्सरी रोयौ होला नि!
बस्ती रोए पछि,आमाहरु रोएपछि।
कवि- सिर्बीमी दुमी, इटहरी