News Portal

गरीबको सपनाहरु

हिमाली संचार संवाददाता
६०२ पटक
२०७७ जेठ २६, सोमवार

गरीबको सपनाहरु
भेरी नदी संगै सलल बगेर जादा
भेरी नदी तिमी रोयौ कि, रोएनौ ??
ठुलो आवजमा हत्यारा हुलहरु
किनारै किनार उर्लिदा
निर्दोश आमाहरुको अमुल्य आशुमा
बेस्सरी सुसाउदै छालहरुमा पछारियौ होला।

हजारौ हजार सपनाका यौवन फूलहरु
तेसै-तेसै नदिमा बगेर जादा
भेरी तिमी अशान्तिमा भंगालियौ होला,
निश्चल मायामा
जातहरुको बिषमा उम्रीएको काडाहरुले
निर्दोष मनहरुलाई पल पल घोच्दै
चैत महीनाको डढेलो झै
आमाको काख जलाउदै
बगरै बगर कुद्ने जिउदो मलामीहरुले
तिमी संगै बगाउदा,भेरी तिमी रोयौ नि!

गोधूली साँझ झुपडीको डीलबाट आमा हेर्दा हेर्दै
तल तल किनारै किनार
छोराहरु जस्तै घर फर्किदै गर्ने मानिसहरु
अध्यारोले झपक्कै छोपेर बेपत्ता बनाउदा
आमा रुन्छिन र भेरी जस्तै बगेको आशुले
तिम्रो दु:ख छोयो कि छोएन
आमा रुदा भेरी तिमी भित्र भित्रै
सुसाउदै बेस्सरी रोयौ होला नि!
बस्ती रोए पछि,आमाहरु रोएपछि।

कवि- सिर्बीमी दुमी, इटहरी 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...