आज : २०२६-०६-२७, शनिबार

ज्ञानि मान्छे…

मुर्ख साथी भए पछि दुख पाइदो रैछ
त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ
त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष
मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष

सहि बिचार लिने मान्छे नजिक आएदेखी
जीवन पनि स्वर्ग लाग्छ उनलाई पाएदेखी
बोली मिठो, राम्रो सोच सधैं हास्ने बानी
ज्ञानि मान्छे, मिहिनेती उनी मेरो रानी

भेट हुँदा, कुरा हुँदा मिठो मिठो बोल्दा
मलम जस्तो उनको आवाज दिलभित्र पोल्दा
सपनामा सजायको उनको माया मैले
हासिखुसी बितिराछ जिन्दगानी ऐले

भाग्यमानी सोच्छु आफै उनलाई पायपछी
बास्ना चल्छ फुलबारीमा हावा आयपछी
फूल जस्तो उनको मन बास्ना जस्तो बोली
मिठो निन्द्रा सङ्गसङ्गै लाग्छ आजभोलि।।

– छवि राम सुनार (निर्दोष)
डेढगाउँले भान्जा, हाल: कुवेत।