News Portal

ज्ञानि मान्छे…

हिमाली संचार संवाददाता
६४० पटक

मुर्ख साथी भए पछि दुख पाइदो रैछ
त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ
त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष
मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष

सहि बिचार लिने मान्छे नजिक आएदेखी
जीवन पनि स्वर्ग लाग्छ उनलाई पाएदेखी
बोली मिठो, राम्रो सोच सधैं हास्ने बानी
ज्ञानि मान्छे, मिहिनेती उनी मेरो रानी

भेट हुँदा, कुरा हुँदा मिठो मिठो बोल्दा
मलम जस्तो उनको आवाज दिलभित्र पोल्दा
सपनामा सजायको उनको माया मैले
हासिखुसी बितिराछ जिन्दगानी ऐले

भाग्यमानी सोच्छु आफै उनलाई पायपछी
बास्ना चल्छ फुलबारीमा हावा आयपछी
फूल जस्तो उनको मन बास्ना जस्तो बोली
मिठो निन्द्रा सङ्गसङ्गै लाग्छ आजभोलि।।

– छवि राम सुनार (निर्दोष)
डेढगाउँले भान्जा, हाल: कुवेत।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...