तिमी एक्लै काफी भए धुरा किन चाहियो
फूलको धारले रेटेपछि छुरा किन चाहियो ?
भोक मिठो अन्तिम गाँस भन्थे पाकाहरू
आधा गाँसमै चुकेपछि पुरा किन चाहियो ?
श्रृङ्गार बोकी अधरमा छनछनी बजुँ भन्थें
मनको सीसा फुटेपछि चुरा किन चाहियो ?
छतरीको ओतभित्र बात मिठा पिरतीका
आधार सारा गुमेपछि कुरा किन चाहियो ?
ह्रदयको सम्बन्धलाई कौडा खाल ठान्यौ
नादान आफै बनेपछि भुरा किन चाहियो ?
सँगै जिउने सँगै मर्ने चट्टानझैँ बाचा थियो
प्रेमी भवँराले लुटेपछि सुरा किन चाहियो ?
✍️ प्रथा