News Portal

फूलको धारले रेटेपछि छुरा किन चाहियो ?

हिमाली संचार संवाददाता
६८६ पटक

तिमी एक्लै काफी भए धुरा किन चाहियो
फूलको धारले रेटेपछि छुरा किन चाहियो ?

भोक मिठो अन्तिम गाँस भन्थे पाकाहरू
आधा गाँसमै चुकेपछि पुरा किन चाहियो ?

श्रृङ्गार बोकी अधरमा छनछनी बजुँ भन्थें
मनको सीसा फुटेपछि चुरा किन चाहियो ?

छतरीको ओतभित्र बात मिठा पिरतीका
आधार सारा गुमेपछि कुरा किन चाहियो ?

ह्रदयको सम्बन्धलाई कौडा खाल ठान्यौ
नादान आफै बनेपछि भुरा किन चाहियो ?

सँगै जिउने सँगै मर्ने चट्टानझैँ बाचा थियो
प्रेमी भवँराले लुटेपछि सुरा किन चाहियो ?

✍️ प्रथा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...