News Portal

युरिन ब्याग उपलब्ध नहुने अस्पतालले बिरामीको के-के उपचार गर्न सक्ला ?

हरि बानियाँ
१३४६ पटक
वैशाख ६, २०७७ शनिबार

धादिङ – जिल्लाको गंगा जमुना गाउँपालिका वडा नम्बर ५ का स्थानीय मिन बहादुर बानियाँ पिसाब राेकिएपछि वैशाख २ गते बिहानै वडामै रहेको गंगाजमुना ग्रामीण अस्पताल पुगे।

पिसाब फेर्न समस्या भएकोले उक्त अस्पतालमा उपचार हुन नसक्ने भएपछि उनलाई काठमाडौँ गएर उपचार गराउन सोही अस्पतालका डाक्टरले सल्लाह दिए।

उक्त ग्रामीण अस्पतालमा एक जना एमबिबिएस डाक्टरसहित १४ जना कर्मचारी कार्यरत छन। उक्त अस्पतालमा युरिन ब्याग उपलब्ध थिएन। उनले प्लास्टिकको झोलामा पिसाब गर्दै काठमाडौं पुगेपछि मात्रै युरिन ब्याग फेरे।

युरिन ब्याग उपलब्ध गराउन नसक्ने अस्पतालले बिरामीको के-के उपचार गर्न सक्ला त ? अस्पतालमा एउटा युरिन ब्यागसमेत उपलब्ध गराउन नसक्नु आम सर्वसाधारणका लागि दु:खद मात्रै नभई व्यवस्थापन पक्षको गम्भीर कमजोरी हाे।

गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीलाई हामीले फोन गरेर सम्पर्क गरेका थियौं उहाँले भन्नुभयो, “वडापत्र हेरेर अस्पताल आउनुहोस्” भन्नुभयाे। सबै जनताले सेवा लिनको लागि वडापत्र हेर्न सम्भव छैन। यस्तो गैरजिम्मेवार जवाफ दिन हैन उत्कृष्ट सेवा दिन तर्फ लागौ।

कोही पनि व्यक्ति म अब विरामी हुन्छु भनेर बिरामी हुँदैन। यस्तो अबस्थामा नत गाउँपलिकाको ध्यान गएको छ त नत अस्पताल श्रोतको। तत्काल समस्याको समाधान गर्नतर्फ लाग्नुपर्नेमा त्यो भएको देखिँदैन।

राज्यका सम्पूर्ण नागरिकहरुले उपचार गराउन भन्ने उदेश्यले सरकारले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको छ। नेपाल सरकारले दिएको सेवासुबिधा सर्वसाधारणलाई दिलाउनपर्ने स्थानीय सरकारको दायित्व पनि हो। तर स्थानीय सरकारले आफ्नो दायित्व के हो ? जनताको सेवक हु भन्ने हेक्का राखोस यो हामी सबैको चाहाना हो।

गाउँपालिका र अस्पतालको सहकार्यमा जनताको सहजताको लागि अस्पतालभित्रै सर्वसुलभको औषधी पसल संचालन गरेको भएपनि बिरामीहरुलाई केही हदसम्म सुबिधा हुने थियोे कि ?

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...