News Portal

सम्झदा गाँउघर !

हिमाली संचार संवाददाता
७८३ पटक

बर्षैर दिन चाडबाड अाउँदा
मन मेरो अमिलो.
परदेशैबाट सम्झदा गाँउ घर
मन त्यसै धमिलो…!
पोत्दै छन् होला कमेरो माटो
चिप्लेटी पाखैको.
बज्ने छन् होला मादल ट्याम्के
सिँगारु भाकैको…!
राखेकि होलिन अामाले कठै !
जमरा कुनामा.
पृयाले हेर्लिन परदेशी सम्झि
अाकाशको जूनमा…!
जमरा उठ्लान जुरमुराउदै
पहेलै भयर.
छोराले हेर्ला अायोकि बाबा
मुलबाटो गएर…!
साथीले ले सोध्लान घरमा गइ
लाहुरे अायो कि.
बाबाले भन्लान् बाटोमा अाउँदा
कहि दु:ख पायो कि…!
फुलेकै होलान ति लंका फुल
रातो भइ बाटोमा.
मुलखेतको पानी खन्याउने होलिन
जमरा माटोमा…!
हजारी पनि अातुर छन् होला
तिहारमा फुल्नलाइ.
गाह्रो भो बरै परदेशी यो मन
त्यो माया भुल्नलाइ…!

– तपिकुमार सिँह ठकुरी सिम्ता-४(पिल्क) सुर्खेत।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...