काठमाण्डौ : समय बलवान छ भन्थे हो रै छ।जसरी बिगतका दिनमा नेपालको हरेक परीवर्तनहरूमा राजनिति दलहरूको झण्डा बोकेर सडकमा आफ्नो जीवनको बलिदानी दिने नेपाली नागरीकहरू आजको दिनमा एक मामुली अर्थात राष्ट्रको चौथो अंगको ट्याग भिरेर नेपाली जनताको हक हितलाई सुनिश्चित गर्नका निमित्त बुलन्द आवाजमा गाउँ बस्ति कुना कन्दराहरूमा गुञ्जायमान भई नेपाल सरकारको पगरी गुथेर बसेका नेता देखि भ्रष्ट्राचारी, दुराचारीहरूको बिरूद्धमा आवाज उठाई आवाज बन्द भएको नेपाली नागरीकको आवाज बन्ने,आखाँ नदेख्नेहरूको आखाँको नानी बनी सहारा दिदै जनताको मुटुको धड्कन बनी दिने पत्रकार रवि लामिछानेको रिहाईको निमित्त नेपाली झण्डा बोकी चितवनको ३०/३५ डिग्रीको तापक्रममा भोक प्यास नभनी लाखौको संख्यामा उपस्थित भएका जनता देख्दा हामी सहजै अनुमान गर्न सक्छौ देशमा अब जनता बुझ्ने भई सकेछन्।
राजनिति दलका झण्डा बोक्ने र पार्टीको गुणगान गाउनेहरू पार्टी र नेताहरू प्रति बिक्षिप्त भएको प्रष्ट देखिन्छ।लाखौको संख्या किन एक ब्यक्तिका निमित्त जनता सडकमा उत्रिए भन्ने बारे अझै पनि यो देशमा राजनितिक पार्टीको खोल ओढेर पार्टीको झण्डा बोक्ने नेता भनाउँदाहरूले बुझ्न जरूरी छ।देशमा जसले जनताको भलाईको लागि काम गर्छ त्यहि नै माहान कहलिने छ यसको ज्वलन्त उदाहरण हो पत्रकार रवि लामिछाने ।
देशमा दुई तिहाईको नेकपाको सरकार छ। नेपाली जनताको हक अधिकार माथि अंकुश लगाउने कुरामा तल्लिन भई रहेको अबस्थामा माउण्टेन टेलि भिजनमा काम गर्ने पत्रकार शालिकराम पुडाशैनी आत्म हत्या प्रकरणमा रवि लामिछानेलाई दोषी देखाउदै न्युज २४ को कार्यालयबाटै सिधा कुरा जनतासंगको कार्यक्रम संचालन हुनु पुर्व पक्रिएर लैजानुलाई त्यति सहज मान्न सकिदैन।
रविले बिगतका दिन देखि नै दु:ख पीडा र अन्यायमा परेका जनताको आवाजलाई बुलन्द बनाई न्याय दिलाउदै आएको कार्यक्रम सिधाकुरा जनतासंग लोकप्रियताको चरम उत्कर्षमा पुगे संगै उक्त कार्यक्रमबाट बिक्षिप्त बनेका भ्रष्ट्राचारी, राष्ट्रघाती, ब्यभिचारी, दुराचारी, शोषक सामन्ति, गुण्डागर्दी, बलत्कारीहरूको घण्टी बजेसंगै कसरी यसलाई पाखा लगाउने र साईजमा ल्याउने ग्राईण्ड डिजाईन मात्र हो की भन्न सकिन्छ।पुडासैनी आत्महत्या प्रकरणमा को दोषी र को निर्दोष भन्ने कुरा सम्मानित अदालतले छुट्याउला तर बर्तमान अबस्थामा जनताको बोली बोल्ने रविलाई धरापमा पार्नु चाँहि दुख दायी कुरा हो।
रविलाई ५ लाख धरौटीमा सम्मानित अदालतले तारीकमा रीहाई गरे पनि आत्म हत्या प्रकरणको नतिजा आउँन अझै बाँकी नै छ।नेपाल सरकारलाई नै चुनौती दिई रहेका रविको छविलाई धमिल्याउन खोज्ने ठूला माछाहरूलाई नेपाली जनताले राम्रो संग धोई पखाली तारेर खानेछन।
२००७ साल,२०१७ साल,२०३६ साल २०४६ साल २०६२/६३ सालको जन आन्दोलनमा जीवनको आहुति दिएका जनताले आज रवि जस्तो नेपाली नागरीक खोजी रहेको छ। हामी सुन्दै आएको कुरा हो जहाँ पुग्दैन रवि त्यहा पुग्छन कवि तर आजको बर्तमान समयमा जहाँ अन्यायमा जनताछन त्यहाँ न्याए दिन पुग्छन रवि भन्ने सुन्न सक्छौ। पुडासैनी आत्म हत्या प्रकरणमा दोषी नउम्कियोस र निर्दोष नफसोस भन्ने कुरा मात्र हो।जसले गल्ति गर्छ त्यसले सजाय पाउन पर्छ भन्ने मान्यता हो।
एउटा राष्ट्रको चौथो अंग पत्रकार रविलाई भगवान बनाउने यहि नेपाल सरकार होईन ? पत्रकारको काम देखि जलन भएकाहरूले आफुले गरेर देखाउनुको साट्टोमा पत्रकारको आवाज नै बन्द गरी कल कोठरीमा जाक्न खोज्ने कस्तो हो निति ? यदि नेपाल सरकारले राम्रो काम गरेको भए रवि लामिछानेले संचालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासंगको कार्यक्रमको आगनमा जनता धाउन पर्ने थिएन।यो माहोल सृजना हुनुमा नेपाल सरकार नै जिम्मेवार छ।देशमा दिनानु दिन बोरोजगारी बढी रहेको छ। नेकपाको दुई तिहाईको सरकार कानमा तेल हाली बसेको छ।
सम्माननीय प्रम ओली उपचारका निमित्त बिदेश भ्रमणमा लिप्त हुनु हुन्छ।दुर दराजका जनता सिटामोल समेत नपाई मरी रहेका छन्।हत्या बलत्कार र भ्रष्ट्रचारीहरूको बिगबिगी प्रचुर मात्रामा बढ्दै छ।जनतालाई कहि कतैबाट न्याय छैन।जुन आशा र भरोषा लिएर नेकपालाई मतदान गरेका जनताहरूको मन बिछिप्त बनेको छ।सरकार जनता प्रति उत्तरदायी छैन।प्रतिपक्षमा रहेको काँग्रेसको पनि प्रभावकारी भूमिका देख्न सकिदैन्।
नेपाली जनताको आशा र भरोषा कसरी ब्यक्तिमा सिमित भयो भन्ने बारे नेपालका राजनिति दल र तिनका नेताहरूले मनन गर्न सकेनन् भने एक दिन डाईनोसर लोप भए झै लोप हुने छन नेपालका पार्टीहरू। जनता नै जनार्दन हुन भन्ने कुराको ख्याल हुन जरूरी छ।अन्त्यमा रवि लामिछाने आफै फसे वा अरूले नै फसाए भन्ने बारे समयको पर्खाईमा रहनु जरूरी छ।